Comments Add Comment

सलमानको फिल्ममा काम गर्दिनँः श्रद्धा कपुर


केही दिनअघि बलिउडमा हल्ला चल्यो- सलमान खान र अली अब्बास जफरले नयाँ चलचित्रमा नायिका प्रियंका चोपडालाई प्रस्ताव गरेका छन् । दुई दिनपछि अर्को हल्ला चल्यो- सलमानको चलचित्रमा श्रद्धा कपुरले अभिनय गर्ने भइन् ।

तर, श्रद्धाले सलमानको चलचित्रबाट प्रस्ताव आएको अस्वीकार गरेकी छिन् । उनले भनिन्-‘मलाई सलमानको कुनै पनि चलचित्रबाट प्रस्ताव आएको छैन । प्रस्ताव आयो भने पनि म सलमानको फिल्ममा काम गर्दिन ।’

श्रद्धाले सलमानको चलचित्रमा काम गर्न नचाहनुको कारण हो उनको व्यस्तता । अहिले उनी ‘साहो’, ‘बत्ती गुल मिटर चालु’ र ‘स्त्री’ गरि तीन चलचित्रमा काम गरिरहेकी छिन् ।

सलमान खानले श्रद्धालाई १६ वर्षको हुँदै चलचित्रको प्रस्ताव राखेका थिए । स्कुलमा आयोजित नाटकमा श्रद्धाले गरेको अभिनयबाट उनी प्रभावित थिए । तर, श्रद्धाले पढाईको कारण देखाउँदै सलमानको चलचित्र रिजेक्ट गरेकी थिइन् ।

त्यसो त सलमानको प्रस्ताव अस्वीकार गर्ने श्रद्धा एक्ली होइनन् । ‘प्रेमरतन धन पायो’ का लागि साएशाले पनि सलमानको प्रस्ताव अस्वीकार गरेकी थिइन् । अर्की नायिका कृति सेननले ‘सुल्तान’को लागि गरिएको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment