Comments Add Comment

प्रियंका र आयुष्मानको ‘चङ्गा चेट’को छायांकन सुरु


चलचित्र ‘चङ्गा चेट’को छायांकन सुरु गरिएको छ । एक महिनासम्म यो चलचित्रलाई काठमाण्डौ, धरान र जनकपुरमा खिचिनेछ । मंगलबार काठमाण्डौको चावहिलमा अवस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । दीपेन्द्र के खनालले यो चलचित्रको निर्देशन गर्दैछन् ।

यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, रविन्द्र झा, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, सन्दिप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

डार्क कमेडी कथामा यो चलचित्र निर्माण हुने निर्देशक खनालले जानकारी दिए । चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment