+
+
Shares

पर्यटन मन्त्री बुढाले गरे सुर्खेत विमानस्थलको निरीक्षण

पूर्वाधारको व्यवस्थापन गर्न नर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १३:५२

१३ चैत, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सुर्खेत विमानस्थलको निरीक्षण गरेका छन् ।

प्रदेशको राजधानी सुर्खेतदेखि काठमाडौं सिधा उडान सेवा सञ्चालन हुने भएपछि विमानस्थलको अवस्था बुझ्न मन्त्री बुढाले अवलोकन गरेका हुन् ।

उनले उडान भर्नाको लागि आवश्यक पर्ने सबै पूर्वाधारको तयार पूरा गर्न सुर्खेत नागरिक उड्डय कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री बुढाले विशेष गरी ‘रारा पर्यटन वर्ष २०७४’ लाई ध्यानमा राखी उडान भर्न चाहिने पूर्वाधारको व्यवस्था गर्न अनुरोध गरे ।

यता सुर्खेत विमानस्थलका कार्यालय प्रमुख विनोदकुमार पन्तले विमानस्थलका लागि सबै तयारी पुरा भैसकेको बताए । आगामी बैशाख १ गतेदेखि बुद्ध एयरले सुर्खेत-काठमाडौं सिधा उडान भर्ना लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?