+
+
Shares

राष्ट्रपतिको सपथ बैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १८:४१

१३ चैत, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको सपथ बैधानिकतामाथि सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो ।

पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ ।

‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ ।

इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत पुगेको भए निवेदन दर्ता गरी अरु नियमानूसार गर्नू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?