Comments Add Comment

लोग्नेको रोटीप्रेमका कारण पत्नीले मागिन् डिभोर्स !


विवाहित जोडीको सम्बन्ध विच्छेद हुनका लागि कुनै गम्भीर कारण नै चाहिन्छ भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ ।

कहिलेकाहीँ यस्ता उटपट्याङ कारणले गर्दा लोग्नेस्वास्नीको डिभोर्स हुँदो रहेछ, सुन्दैमा अचम्म परिन्छ ।

भारतको महाराष्ट्रस्थित पूणे सहरमा एकजना महिलाले आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेदको माग गरी अदालतमा मुद्दा हालेकी छिन् । उनले सम्बन्ध विच्छेद माग गर्नुको कारण सुन्दै साँच्चीकै हाँसो उठ्छ ।

ती महिलाको दाबी अनुसार उनका लोग्नेको अचम्मको रोटीप्रेमका कारण डिभोर्स माग्नुपरेको छ । समाचार अनुसार ती महिलाका लोग्नेले सधै आफ्नी पत्नीलाई २० सेन्टिमिटर व्यास भएका रोटी तयार पार्न आदेश दिन्थे । यदि रोटीको आकार त्यसभन्दा तलमाथि भएमा उनले पत्नीलाई गालीगलौज गर्ने तयार कुटपिट गर्ने गर्दथे ।

पत्नीलाई २० सेन्टिमिटरको रोटी बनाउनैपर्ने आदेश जारी गर्ने लोग्ने चाहीँ पेशाले आइटी इन्जिनियर हुन् । सोही कारण होला उनी कुनै पनि चिज पर्फेक्ट चाहन्छन् ।

पत्नीले रोटी बनाएसँगै उनले हरेक रोटीको आकार नाप्दथे । यतिमात्र होइन पत्नीले दिनभर गरेका कामहरुको विवरण लिखित रुपमा पेश गर्न उनले पत्नीलाई निर्देशन दिन्थे । पूर्वनिर्धारित काम पूरा गर्न नसकेको खण्डमा लिखित रुपमा कारण सहित स्पष्टिकरण पेश गर्नु पर्दथ्यो, अन्यथा उनले गालीगलौज तथा कुटपिट समेत गर्दथे ।

रिस उठेको बेला चिसो पानी खन्याइदिएर एसी भएको कोठामा पत्नीलाई थुन्ने गर्दा रहेछन् उनले । साथै लोग्नेले आफुमाथि आत्महत्या गर्न समेत दबाब दिएको ती महिलाको दाबी छ । उनीहरुको विवाह सन् २००८ मा भएको हो ।

एजेन्सीकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment