Comments Add Comment

सहमतिपछि चेक काट्ने बेला शम्भु प्रधानले फेरि किचलो झिके

गीत चोरी प्रकरणमा कृ निर्माता सुवास गिरीले प्रहरीको रोहबरमा निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने सहमति गरे । तर, चेक काट्ने बेला शम्भुले किचलो झिकेपछि विवाद लम्बिएको छ ।

शम्भुको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले मंगलबारा गिरीलाई पक्राउ गरी हिरासतमा राखेको थियो । बुधबार दुवै पक्षबीचको छलफलमा सुवासले शम्भुलाई ११ लाख रुपैयाँ दिने र यूट्यूवबाट गीत हटाउने सहमति भयो । त्यसमा दुवैले हस्ताक्षर पनि गरिसकेका थिए ।

तर जब पैसा तिर्ने कुरा आयो, शम्भुले आफ्नो फिल्म कम्पनीको नामबाट जाहेरी दिएकाले कम्पनीकै नाममा चेक काट्नु पर्ने कुरा उठ्यो । तर ,शम्भुले मानेनन् । कम्पनीका कागजातहरु दार्जिलिङमा रहेको र ल्याउन १५ दिन लाग्ने भन्दै उनले आफ्नै व्यक्तिगत नाममा चेक काट्नुपर्ने अडान लिए ।

तर, व्यक्तिगत नाममा चेक काट्दा १५ प्रतिशत टिडीएस काटेर दिने कुरा उठ्यो । त्यसमा पनि प्रधान सहमत भएनन् । त्यसपछि उनी सन्किँदै हिँडे ।

कृका अर्का निर्माता भुवन केसी पनि टेकुस्थित महानगरीय प्रहरी परिसरमा पुगेका छन् । यसैगरी अशोक शर्मा, दिनेश राउत, आकाश अधिकारी लगायतका थुप्रै कलाकर्मीहरु छन् । उनीहरु सबैले शम्भुलाई सम्झाउने प्रयास गर्दा पनि शम्भु नमानेर हिँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment