Comments Add Comment

‘आँखा छ चिम्रो’ भन्दै पूर्णिमालाई फकाउँदै रोहित


आर रोशफी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘नेप्टे’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । ‘आँखा छ चिम्रो’ बोलको गीतमा भिषण राइ र दीपा लामाको स्वर, रोहित रुम्बाको शब्द तथा संगीत छ ।

यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, पूर्णिमा  लामालाई फिचरिङ गरिएको छ ।

चलचित्रमा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, रोशन श्रेष्ठको एक्सन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि लामाको छायांकन छ ।

यो चलचित्रमा दयाहाङ राई, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा नायक दयाहाङ राई खलनायकको भूमिकामा देखिएका छन् । यो चलचित्र चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment