+
+

पुँजीको ३० प्रतिशत कृषिमा लगानी अनिवार्यः कृषिमन्त्री

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ चैत १५ गते १९:००

१५ चैत, पोखरा । प्रदेश ४ का कृषि, भूमि ब्यबस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले बचत तथा ऋण सहकारीले आफ्नो पुँजीको ३० प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने बताएका छन् ।

सहकारी नीतिबारे सुझाव संकलन गर्न आयोजित कार्यक्रममा मन्त्री थापाले प्रदेशको सहकारी ऐनमा सहकारीको समग्र पुँजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने ब्यबस्था स्पष्ट रुपमा लेखिएर आउने बताए ।

उनले प्रदेश नम्बर ४ मा ६८ अर्ब र कास्कीमा मात्रै २८ अर्ब सहकारीको पुँजी रहेको बताउँदै यसको ३० प्रतिशत मात्र पनि कृषिमा लगानी गर्ने हो भने रोजगारी र उत्पादन हृवात्तै बढ्ने बताए ।

एक सहकारी एक नमूना उत्पादन, एक वडा एक नमूना फार्म र एक जिल्ला एक पहिचान उत्पादन अनिवार्य गर्ने नीति ऐनमा आउने बताए । उनले ३ वर्ष भित्रमा प्रदेशलाई आत्मनिर्भर र ५ वर्षमा निर्यात गर्नसक्ने बनाउने उद्घोष गर्दै त्यसका लागि सहकारीको भूमिका अहम् हुने विश्वास व्यक्त गरे ।

प्रदेश सांसद प्रभा कोइरालाले सहकारीहरु मर्ज गर्ने नीति ल्याउनु पर्ने बताइन् । सहकारी-सहकारी मर्ज भएर पूँजी बृद्धि भएमा लगानी बृद्धि हुने भन्दै उनले सहकारीलाई गुणस्तरीय बनाउनुपर्ने औंल्याइन् ।

कार्यक्रममा सहभागीहरुले एक सहकारी एक फार्म सञ्चालन, सहकारीहरुबीच मर्ज गर्न पाउने, अन्तर सहकारीबीच कारोबार गर्न पाउने, फुड जंगल स्थापनाका लागि सरकारले निःशुल्क जग्गा उपलब्ध गराईदिनुपर्ने, उत्पादनमुलक परियोजनामा लगानी गरेका सहकारीहहरुलाई अनुदान र कर छुट दिनुपर्ने, सहकारीलाई रोजगार वैंक बनाउनका लागि प्रेरित गर्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?