+
+

सालकको खपटा तस्करीमा संलग्न दुई चिनियाँ नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १३:३०

१६ चैत, काठमाडौं । टर्कीको इस्तानवुलबाट हवाई मार्गको प्रयोग गरी नेपाल ल्याएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ राहदानी जी ४८५९८९७८ बोकेका ४० वर्षीय क्वी जिओरोङ र राहदानी नम्बर इ२९१९८००० नम्बर बोकेका ३४ वर्षीय चिनियाँ नागरिक क्वी लिबाओ छन् ।

उनीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको उडान नं. टी के ०७२६ मार्फत काठमाडौं आएका थिए ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्सरेमा चेकजाँच गर्ने क्रममा १ सय ६२ केजी सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीहरुले ल्याएको खपटा अफ्रिकाको कंगोमा खरिद भएको र नेपाल हुँदै चिनमा विक्रीका लागि लाने तयारी भएको खुलेको सीआईबीले जनाएको छ ।

तस्करीमा कङ्गो, चिनियाँ, बङ्गलादेशी र नेपाली नागरिकको गिरोह संलग्न भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको सीआईबीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?