Comments Add Comment

कर्णालीको संसदमा गौरीकलाका हत्यारालार्इ कारबाही गर्न माग

१६ चैत, सुर्खेत । पञ्चपुरी नगरपालिका-३ चौरकी गौरीकलाका हत्याको कर्णाली प्रदेश सभा बैठकमा बिरोध भएको छ ।

शुक्रबारको संसद बैठकमा बोल्ने अधिकांस सांसदहरुले गौरीकलाका हत्यारालाई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदको विशेष समयमा बोल्दै सांसद सीता नेपालीले गौरीकला हत्यारालाई तत्काल कारबाही गर्न माग गरिन् ।

हत्यामा प्रहरी नै संलग्न हुँदा जनताहरुमा त्रास फैलिएकोले भन्दै सांसद नेपालीले सरकारले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गरिन् ।

त्यस्तै अर्का सांसद विन्दमान विष्टले हत्यामा संलग्नहरुलाई प्रक्राउ गरिसक्दा पनि कारबाही गर्न सरकारले हिचकिचाएको बताए ।

उक्त घटनापछि एसईई दिने छात्राहरु समेत त्रसित वातावरणमा बाँचिरहेको भन्दै सरकारले जनताको ज्यूधनको सुरक्षा दिन नसकेको बताए ।

सांसद पद्मा खड्काले पनि हत्यामा संलग्न जोसुकै भएपनि तत्काल कारबाही हुनुपर्नै माग राखिन् ।

गौरीकला हत्या काण्डमा संलग्न अस्थायी ट्राफिक पोष्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी-८ बाँझीगाउँका लक्ष्मी बास्तोला र सोही ठाउँका खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment