+
+
Shares

ढिलासुस्ती र भ्रष्टाचार स्वीकार्य छैनः परराष्ट्रमन्त्री

अनिल खत्री अनिल खत्री
२०७४ चैत १६ गते १७:४२

१६ चैत गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै बहानामा ढिलासुस्ती र भष्टाचार स्वीकार्य नहुने बताएका छन् । शुक्रबार तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले मुलक अब नयाँ युगमा प्रवेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचार कसैले गरेमा राज्यले त्यसलाई नछाड्ने बताए ।

ढिला सुस्ती, भष्टाचार, स्थायी सरकार नहुँदा तीव्र विकास हुन नसकेको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अब बाहृय हस्तक्षेप र अन्तरिक मामिलामा कुनै देशको हस्तक्षेप स्वीकार्य नरहेको बताए । ‘आन्तरिक मालिला सुल्झाउन नेपाल सक्षम छ’ मन्त्री ज्ञवालीले भने, ‘अब त्यसको निम्ती स्थायीत्व सरकार बनेको हो ।’

सबै राष्ट्रहरुसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथामिकतामा राखेर परराष्ट्र नीति अबलम्बन गर्ने उनले बताए ।

मन्त्री ज्ञवालीले नेपालले अन्य राष्ट्रहरुसँग बिकासमा साझेदारी गर्न चाहेको र सोहि अनुसार अगाडी बढने बताए । पछिल्लो समय भारत नयाँ सरकारसँग हातेमालो गर्न चाहेको र ढिलै भएपनि भारतले नेपालबाट पाठ सिकेको बताए ।

उनले प्रधानमन्त्रीको असान्न भारत भ्रमण कुनैपनि सम्झौताहरु नहुने र सदभावको भ्रमण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?