Comments Add Comment

दाउन्नेमा ट्रक पल्टिँदा सडक अबरुद्ध


१७ चैत्र, नवलपरासी । दाउन्नेको उकालोमा ना ५ ख ७७०४ नम्बरको ट्रक अनियन्त्रित भई पल्टँदा सडक अबरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार, नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका उक्त ट्रक दाउन्ने बजारदेखि २ सय मिटर पूर्वतर्फ पल्टिएको हो । अहिले दुईतर्फी सडक अबरुद्ध रहेको छ ।

दाउन्नेको सडक निक्कै साँघुरो र जताततै खाल्डाखुल्डी रहेकाले दाउन्नेमा दैनिक जसो सडक अबरुद्ध हुने गरेको छ ।

पल्टिएको सडकलाई हटाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । बिहान पौने ८ बजेदेखि सडक अबरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment