चलचित्र ‘हैरान’को शिर्ष गीतको छायांकन गरिएको छ । काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीमा सेट लगाएर गीतको छायांकन गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका सबै कलाकारलाई फिचरिङ गरिएको छ । जेठ ४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
गम्भिर बिष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालाई देखाइएको छ । सौगात बिष्टले निर्देशन गरेको यो चलचित्र कमेडी जनरामा तयार छ ।
गीतमा सत्यराज आचार्यको शबद तथा संगीत छ भने सत्य-स्वरूपले सरगम आचार्य र बबिता मानन्धरसँग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन्
डान्स फेभरको ब्यानरमा निर्मित यो चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता छन् । सम्झना पोखरेल चलचित्रकी कार्यकारी निर्मात्री हुन् । यो गीतलाई चलचित्रमा नै समावेश गरिने कलाकार गजित बिष्टले जानकारी दिए ।
प्रतिक्रिया 4