१८ चैत दार्चुला । दार्चुलामा एक हप्तादेखि बेपत्ता कामदार रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बर्दियाको गोरुवा गाउँपालिका ६ का अन्दाजी २५ वर्षका रमेश सुनाहा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय लटीनाथका प्रहरी नायव निरीक्षक भरत विष्टले जानकारी दिए ।
दार्चुलाको पारीबगड-खण्डेश्वरी सडक खण्डमा काम गर्ने सुनाहा चैत १२ गतेदेखि बेपत्ता रहेको आफन्तहरुले बताएका छन् । बेपत्ता भएको सातौ दिनमा पारीबगड-खण्डेश्वरी सडक खण्डबाट करिब १५/२० मिटर माथि एउटा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको पहरीले बताएको छ ।
उनी कामकै खोजीमा बर्दियाबाट दार्चुला आएको र पारीबगड-खण्डेश्वरी सडक खण्डमा काम गर्दै आएका थिए ।
मृतक सुनाहाको मानसिक सन्तुलन ठीक नभएको आफन्तलाई उधृत गर्दै प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
प्रतिक्रिया 4