Comments Add Comment

प्रधानमन्त्रीले भने : अब जाडोले ज्यान गएको खबर आउँदैन

सिमरा सेजको शिलान्यास

१८ चैत, सिमरा । प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात विकासमा कायापलट नहुने भन्दै आफूले बोलेका कुरालाई खिल्ली उडाउनेलाई पर्खेर हेर्न आग्रह गरेका छन् ।

केही समय अघि रेलको कुरा गर्दा खिल्ली उडाउने र हाँसो गर्नेलाई ब्यंग्य गर्दै उनले तराईका फाँटहरुमा आधुनिक रेल सेवा विस्तार गर्ने बताए ।

उनले भने ‘मैले रेलको कुरा गर्दा केहीले ब्यंंग्य गरे, रेल हिमालको टुप्पोबाट गुड्दैन, रेल गीतमा भनेजस्तो छुक्छुके रेल होइन, बेग्लै खालको थुतुनो भएको हावामा कुद्ने रेल हामी कुदाउन चाहन्छौं ।’

आइतबार बाराको सिमरामा निर्माणधीन विशेष आर्थिक क्षेत्र (सेज) ब्लक ए को शिलान्यास गर्दै उनले एक संघीय सरकारसहित सात प्रदेश सरकार र ७ सय ६१ स्थानीय सरकारको विकासे अभियानले अब नेपालीको सुखी दिन आएको दावी गरे । प्रधानमन्त्री ओलीले तराईमा जाडोले कठ्यांग्रिएर कसैको ज्यान गएको खबर सुन्न नपर्ने दावी गरे ।

‘अघिल्लो बर्ष जाडोले कठ्यांग्रिएर ज्यान गएको खबरले अन्तर्राष्टिय स्तरमै बेइज्जती सहनुपर्‍यो, अब मैले नेतृत्व लिएँ, अब जाडोले ज्यान गएको खबर सुन्न पाइने छैन’ उनले भने ।

६ लेनको सडक, विशेष आर्थिक क्षेत्र, दोस्रो अन्तर्राष्टिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, पेट्रोलियम पाइपलाइन र पर्सा राष्टिय निकुञ्जका कारण बारा जिल्लालेे देशलाई नै समृद्धिको पाठ सिकाउने प्रधानमन्त्री ओलीले बताए ।

सुनकोसी डाइर्भसन गरेर महिन कमला सिञ्चाई कार्यक्रमलाई अगाडि बढाई तराईका फाँट सिञ्चाई गर्ने बताउँदै ओलीले अब समृद्ध नेपाल अभियानमा भारत साथमा रहेको र नेपाल भारत सम्बन्ध नयाँ उचाईका साथ अघि बढेको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment