२० चैत, विराटनगर । व्यापारिक मार्ग अन्तर्गत विराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको चार वर्ष पूरा भएको छ ।
६ लेन सडक बिस्तारको काममा ढिलासुस्ती हुँदा चार वर्षमा जम्मा साढे चार किलोमिटिर मात्र भएको छ ।
०७० साल असारवाट पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३४.६० किलोमिटर सडक विस्तारको काम सुरु भएको थियो ।
रानीदेखि दुहवीको सीमाना निमुवासम्मको १२ किलोमिटरका लागि चार प्याकेजमा काम भइरहेको छ ।
त्यसैगरी रानीदेखि रोडशेषचौक बरगाछी, दुधफारम र निमुवासम्मको काम चालु अवस्थामा रहेको छ ।
इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । यी सवै प्याकेजको काम सुस्त गतिमा हुँदै आएको छ ।
ठेकेदार कम्पनीले भुक्तानीको कारण देखाउदै बेला बेलामा सडक बिस्तारको काम रोक्दै आएकोले पनि काम ढिलो भइरहेको हो ।
विभिन्न ७ ठेकेदार कम्पनी मार्फत रानीदेखि सुनसरीको इटहरीसम्मको सडक बिस्तार गर्ने काम अघि बढाइएको थियो । जसमा दुई प्याकेजमा काम भएको विराटनगरदेखि एयरपोर्टमोड र त्यसदेखि डिडिसी कार्यालयसम्मको साढे चार किलोमिटिर सडक बिस्तारको काम मात्र पूरा भएको छ ।
सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलो मिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ९६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अनुसार ७ अर्ब बराबरको काम ठेक्कामा लागेर काम भइरहेको छ ।
पहिलो चरणमा भएको सडक बिस्तारका लागि ठेक्कामा लागेको कामको ३८ प्रतिशत बजेट समेत खर्च भइसकेको व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।
विराटनगरदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक आर्थिक वर्ष ०७५/ ७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको थियो ।
अर्थ मन्त्रालयले यही परियोजना अन्तर्गत दौश्रो चरणका लागि इटहरीदेखि तरहरासम्मको पाच किलोमिटिर सडक बिस्तारको कामपनि ठेक्का लगाएर सडक बिस्तार गर्ने काम जारी छ ।
अर्थ मन्त्रालयले तरहरादेखि धरानसम्म्को सडक बिस्तारको काम भने अहिलेसम्म अनुमति नदिएकाले ठेक्काको प्रकृया अगाडि बढाउन नसकिएको आयोजनाले जनाएको छ ।
सडक विस्तारमा मुख्यमन्त्रीको चासो
मुख्यमन्त्री शेरधन राईले व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान ६ लेन सडक निर्माणको विषयमा चासो व्यtm गरेका छन् ।
उनले सडक बिस्तारको काम सुस्त भएको भन्दै सडक बिस्तारको कामप्रति चासो राखेका हुन ।
उनले सडक बिस्तारको काम ढिला हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै समयमै काम सम्पन्न गर्न पनि निर्माण कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
निर्माणाधीन सडक र यसको दुवैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका भन्दै अब प्रदेश सरकारले सडक निर्माणको काम तीब्र पार्न राती पनि काम गराउने तयारी भइरहेको बताए ।
एक नम्बर प्रदेश मन्त्रिपरिषद्को बैठकले सो सडक निर्माण तीब्र पार्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको थियो ।
उक्त समितिले सोमबार सडकको अनुगमन गर्दै सडक निर्माणलाई तीब्रता दिने जनाएको छ ।
अनुगमन टोलीमा सहभागी प्रदे१ का मुख्यमन्त्री राईले सडक निर्माणमा भइरहेको समस्याको विषयमा आवश्य जानकारी समेत दिएका थिए ।
पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमक क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले ठेक्कामा लागेका सडक निर्माणमा समयमै रकम निकासा नहुँदा समस्या भएको बताएका थिए ।
उनले अझै पनि ४० देखि ४५ करोड रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।
विराटनगरको रानीदेखि अनुगमन सुरु गरेको टोलीले सुनसरीको चतरासम्म भइरहेको कामको अनुगमन गरेको थियो ।
किमाथाङ्का सडकका लागि सहयोगी
पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरु छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङका नाका हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला नाका हो ।
यी दुबै नाकाहरु भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट हुन् ।
विराटनगरको रानीसीमामा जोगवनीसँग यी दुबै नाकालाई जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने मोरङ व्यपार संघका बरिष्ठ उपाध्यक्ष राजेन्ऽ राउतले बताए ।
तिव्बतसँगको सीमाना किमाथाङ्कावाट पनि सडक निर्माणको काम अघि वढेको छ । रानीबाट धरानसम्मको सडकलाई ६ लेनको बनाउँदा किमाथाङका सडकका लागि यो सहयोगी बन्ने छ ।
जोगवनी नाकादेखि किमाथाङकासम्मको दुरी ३७६ किलोमिटरमात्रै छ । यो बाटोको ट्रयाक खोल्ने काम अब ४१ किलोमिटरमात्रै बाँकी रहेको छ ।
अबको दुई वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरान हुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ ।
भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।
प्रतिक्रिया 4