२० चैत, काठमाडौं । नाइजेरियाको आपराधिक समूहले बेलायतका सडकबाट चोरी भएको मोबाइल बेचेर लाखौं डलर कमाइरेहका छन् ।
बेलायतका सडकमा हिँड्नेहरुबाट चोरी गरेको मोबाइल नाइजेरियाको राजधानी लागोसमा ‘बेलायतीले प्रयोग गरेको आइफोन’ भन्दै बेच्ने गरिएको छ । जुन फोन उनीहरु बजार मूल्यभन्दा निकै कममा बेच्ने गर्छन् ।
नाइजेरियामा चोरीको फोन ब्ल्याकलिस्ट गर्ने प्रचलन नभएकाले तेलका धनी अफ्रिकी देशहरुमा आपराधिक गिरोहका लागि हजारौँ चोरीको फोनहरु बेच्ने गरिन्छ । फोन बेलायतका सडकहरुबाट चोरिन्छ ।
त्यसलाई पूर्वी यूरोपमा लगेर ह्याकरमार्फत अनलक गरिन्छ । त्यहाँ फोन धनीको गोप्य सूचनासमेत निकालिन्छ र नाइजेरिया लगेर बेचिन्छ ।
चोरीपछि फोनमा भएको सूचनाका आधारमा उनीहरु व्यक्तिको बैंक अकाउन्ट ह्याक गर्न पनि प्रयोग गर्छन् । त्यसरी फोन युरोपमै बीचको दलालहरुलाई बेचिन्छ र उनीहरु नाइजेरियासम्म पुर्याउँछन् ।
यस्ता फोनहरु नाइजेरियासँगै अल्जेरिया र भारतमा समेत बेच्ने गरिएको पाइएको छ ।
प्रतिक्रिया 4