+
+
Shares

साम्राज्ञीको नयाँ सोच- चलचित्रको मुनाफामा हिस्सा लिने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १२:३९


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’का लागि १० लाख पारिश्रमिक लिदा चर्चा धेरै भयो । साम्राज्ञी यो पारिश्रमिकको हकदार थिइन् या थिइनन् आफ्नो ठाउँमा छ । तर, उनले अहिलेसम्म सबैभन्दा धेरै पारिश्रमिक लिने नेपाली नायिकाको रेकर्ड राख्न सफल भएकी छिन् ।

साम्राज्ञी आफूले १० लाख पारिश्रमिक लिदा यत्रो हल्ला किन भनेर उल्टै प्रश्न गर्छिन् । आफूले एउटा चलचित्रका लागि आधा बर्षभन्दा बढी समय दिने गरेकाले यति पारिश्रमिक बढि नभएको उनको तर्क छ ।

आफूले बर्षमा २ वटा मात्र चलचित्रमा काम उल्लेख गर्दै साम्राज्ञी भन्छिन्, ‘मलाई अफर आएका सबै चलचित्र खेलेको भए केही बर्षमै टन्न पैसा कमाइसक्थेँ । कम तर, राम्रा चलचित्रमा खेल्ने मेरो सोच हो ।’

साम्राज्ञीले अब आफूले चलचित्र हिट भैसकेपछि त्यसले गर्ने मुनाफाको सेयरसमेत लिने सोच बनाएकी छिन् । चलचित्र हिट भएपछि कलाकारले केेही पनि नपाउने गरेको भन्दै उनले यस्तो सोच प्रस्तुत गरिन् । बलिउडमा ठूला स्टारहरुले पारिश्रमिकको साटो मुनाफामा हिस्सा लिने गर्छन् । साम्राज्ञीले सायद त्यसैको सिको गर्न खोजेकी हुन् । तर, वर्षमा एकाध फिल्मले मात्रै लगानी उठाउने हाम्रो इन्डष्ट्रीमा उनको यो सोच फलदायी हुने अवस्था भने छैन ।

चैत्र २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिमी सँग’को प्रचारमा रहेकी साम्राज्ञी पछिल्लो समयमा चल्तीका नायकहरुलाई नै चुनौती दिने एक मात्र नायिकाको रुपमा चिनिन्छिन् । उनले यसअघि ए मेरो हजुर २ का लागि ५ लाख रुपैयाँ लिँदा पनि चर्चा भएको थियो ।

साम्राज्ञी र नाजिरसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?