+
+

प्रदेश ४ः नीति तथा कार्यक्रम वैशाख पहिलो साता

नीति तथा योजना आयोग र दुग्ध विकास बोर्ड गठन तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १५:११

२१ चैत, पोखरा । प्रदेश ४ को सरकारले नीति तथा कार्यक्रम वैशाख पहिलो साता मात्र ल्याउने भएको छ ।

चैतभित्रै ल्याउने भनिए पनि तयारी अझै नपुगेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले बताएका हुन् । ‘नीति तथा कार्यक्रमको तयारी हुँदैछ । पूरा तयारी नभइसकेका कारण वैशाख पहिलो हप्ताभित्र ल्याउने हाम्रो योजना हो’ उनले भने ।

नीति तथा कार्यक्रम र बजेटका लागि चाहिने विधेयक नै संसदमा रहेकाले ढिलाइ भएको उनले बताए ।

सभामुख, उपसभामुख र प्रदेशसभाका सदस्य, मुख्यमन्त्री, मन्त्रिपरिषदका सदस्य लगायतको सेवासुविधा सम्वन्धी कानुन नआएसम्म बजेट ल्याउन गाह्रो पर्ने प्रदेश सरकारले बताएको छ । ‘बजेट ल्याउनका लागि चाहिने विधेयकले २/३ दिनभित्रमा पूर्णता पाउँछ’ मन्त्री बस्नेतले भने, ‘विधेयक आएसँगै आर्थिक नियामवली बनाएर प्रदेश सञ्चित कोषको स्थापना गरी नीति तथा कार्यक्रम ल्याउँछौं ।’

नीति तथा कार्यक्रमबारे बिहीबार अर्थ मन्त्रालयबाट आएका विज्ञसहित छलफल हुनेछ ।

जनप्रतिनिधिका सेवासुविधा सम्बन्धी विधेयक संसदमा विचाराधीन छ भने आर्थिक कार्यविधि विधेयक पास भइसकेको भए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी छ ।

योजना आयोग र दुग्ध विकास बोर्ड बन्ने

प्रदेश ४ मा नीति तथा योजना आयोग तथा दुग्ध विकास बोर्ड गठनको तयारी थालिएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको हो ।

‘बोर्ड गठनको बाटो खुलेको छ,’ भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका सरकारका प्रवक्ता बस्नेतले भने, ‘प्रदेशका लागि चाहिने संरचना तयार हुँदैछन् । सरकारले पनि गति लिँदैछ ।’

बैठकले स्थानीय तहको कानुन तर्जुमा तथा स्थानीय तह सभा सञ्चालन कार्यविधेयक मस्यौदा स्विकृत गरेको छ । कार्यविधि छिट्टै प्रदेशसभामा पेश हुनेछ ।

प्रदेश सभाबाट पारित भएपछि स्थानीय तहलाई कानुन तर्जुमा गर्न र सभा सञ्चालन गर्न बाटो खुल्ने छ ।

मन्त्रिपरिषद्को बैठकले अन्तर सहरकारी वित्तीय परिषदमा २ सदस्य सिफारिस गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनमगरलाई परिषदमा सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक प्रशासनिक तथा सरकारी संरचना कहाँकहाँ बनाउने भन्ने प्रस्ताव पनि मन्त्रिपरिषदले स्विकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?