+
+

युट्युब हेरेर बबरमहलका १३ वर्षीय बालकले बन्दुक बनाए, पड्किएपछि नियन्त्रणमा

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २१ गते १६:०३

२१ चैत, काठमाडौं । युट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

घाइते हुनेमा १३ वर्षका डेभिड लामा छन् ।

हेटौंडाको लेवट स्थायी घर भइ बबरमहलस्थित निर्माणधीन घरमा बस्दै आएका उनले काठको बटममा फलामको पाइप जोडेर त्यसमा सलाइको काँटीमा हुने बारुद हालेका थिए । र, त्यसलाई जलाउने क्रममा पड्किँदा उनी स्वयम् पनि घाइते भएका थिए ।

घटना लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । र, उनलार्इ नियन्त्रणमा लियो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार लामाको बाँया गालामा चोट लागेको छ । उनलार्इ बाल गृहमा राखिने प्रहरीले जनाएको छ ।

हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?