+
+

धुलिखेलसम्म बस लैजान सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते १६:३९
फाइल तस्वीर

२१ चैत, काठमाडौं । सरकारले धुलिखेसम्मको नयाँ रुट इजाजत खुला गरेपछि ४ वटा कम्पनीले इच्छा देखाएका छन् । त्यसमध्ये साझा यातायातले पटके अनमति लिएर सेवा नै थालेको छ ।

मयुरलार्इ इजाजत दिएको बिरोधमा काटेश्वरपूर्वका ११ वटा समितिले यातायात सेवा अवरुद्ध गरेपछि सरकारले आक्रमक रुटमा धुलिखेलसम्म जो आएपनि रुट दिने निर्णय गरेको छ ।

योसँगै साझासँगै सिटी मेट्रो यातयात, अन्नपूर्ण यातायात, शिवदर्शनले पनि सो रुटमा जान इच्छा देखाएका छन् । मयुर र मध्यउपत्यका यातायातले सो रुटमा अहिले पनि सेवा दिइरहेका छन् ।

विभाग स्रोतका अनुसार सिटी मेट्रो, अन्नपूर्ण र शिवदर्शनका बसहरु पनि बनेपासम्म जान तयार भएका छन् । उनीहरुले रुट लिने प्रक्रिया सुरु गरेका छन् । विभागले भोलिसम्म इजाजत दिएर सबै कम्पनीका बसलाई धुलिखेलसम्म पठाउने भएको छ ।

‘महासंघ सम्बद्ध ब्यवसायीहरु पनि रुट इजाजत लिन इच्छुक हुनुहुन्छ,’ विभागका एक अधिकारीले भने,’सिन्डिकेटको पक्षमा बस रोक्नेहरुको अनुमति पनि खारेज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?