Comments Add Comment

बलु हत्याका सुटर सुवास पक्राउ

२१ चैत, बुटवल । रुपन्देहीको देवदहका फर्निचर ब्यवसायी बलु पौडेल हत्यामा संलग्न भएको अभियोगमा सुवास गुरुङ पक्राउ परेका छन् । उनी बलु हत्याकाण्डका सुटर भएको प्रहरीले बताएको छ ।

मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार सार्वजनिक गरेको छ ।

२१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी घर लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गुरुङले पैसाको लोभमा बलुलाईर् गोली हानेको बयान दिएका छन् । उनका अनुसार बलुलाई गोली हानेपछि १ लाख रुपैंया समेत बुझेका थिए ।

गुन्डा नाइके मनोज पुनको समूहले बलुलाई २१ पुसमा गोली हानेर हत्या गरेको थियो ।

पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मुख्य योजनाकार मनोज पुन र सोम आले प्रहरीसँग भएको मुठभेडमा मारिएका छन् ।

सुवासलाई कर्तब्य ज्यान, हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक केशब भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment