+
+

को हुन् नसीम ? किन यूट्यूब हेडक्वाटरमा गोली चलाइन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते २०:४६

२१ चैत, काठमाडौं । यूट्यूबको हेडक्वाटरमा भएको गोलाबारीमा तीन जना घाइते भएका छन् । तर, यसले ल्याएको तरंग त्यो भन्दा कयौं गुणा ठूलो छ ।

आक्रमणकारीको पहिचान ३९ वर्षीया नसिम अगदामको रुपमा भएको छ, जो इरानमा जन्मिएकी थिइन् । तर, पछिल्लो समय अमेरिकामा स्थायी रुपमा बसेका थिइन् ।

नसीम क्यालिफोर्नियाको सान ब्रुनोस्थित यूट्यूबको मुख्यालयमा दिउँसो उपस्थित भएकी थिइन् । उनको हातमा बन्दुक थियो, जसबाट चलेको गोलीले तीन जना घाइते भए ।

उनीहरु मध्ये दुई महिला र एक पुरुष छन् । लगतै उनले आफैंलाई गोली हानेर प्राण त्यागिन् ।

प्रहरीका अनुसार यूट्यूबको हेडक्वाटरमा आक्रमण गर्दा नसीमको टार्गेटमा को थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

तर, सञ्चार माध्यमहरुमा आएको खबरले संकेत गरेको छ । केही रिपोर्टमा त यो पनि भनिएको छ कि इरानी मूलकी नसीमको घाइते व्यक्तिसँग प्रेम सम्वन्धी थियो ।

तर, नसीमको उद्देश्यबारे निकै कम जानकारी बाहिर आएको छ । अहिले यति भन्न सकिन्छ कि उनी पशु अधिकार कार्यकर्ता, शाकाशारी समर्थक र एक खेलाडी थिइन् । उनले जे गरिन्, त्यसको कारण यूट्यूबप्रतिको आक्रोस पनि थियो ।

नसीमले यूट्युबमा प्रकाशित हुने कन्टेन्टमा सेन्सरशिप गरेको आरोप लगाएकी थिइन् र नसीमका अनुसार यो यूट्यूबको तानाशाही रबैया हो ।

उनले आफ्नो वेबसाइटमा लेखेकी थिइन् ‘आफ्नो कुरा राख्न साँचो अर्थमा स्वतन्त्रता छैन । हरेक सत्यले सेन्सरशिप पास गर्नुपर्छ र हाम्रो सिस्टमले सहयोग गर्दैन ।’

यूट्यूबमा नसीमको अग्रेजी, फारसी र टर्किस भाषामा च्याल थियो । तर, यूट्यूबले आफ्नो च्यानलमा पुग्नबाट रोक्न फिल्टर लगाएको र यसबाट ठूलो क्षति भएको उनको गुनासो थियो । केही रिपोर्टमा उनका बाबुलाई उदृत गर्दै भनिएको छ कि यूट्यूबले उनलाई पैसा दिन बन्द गरेको थियो र उनी निराश थिइन् ।

गोलाबारीको घटनापछि उनीको यूट्यूब अकाउन्ट निलम्बन गरिएको छ भने फेसबुक र इन्टाग्राम एकाउन्ट पनि बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?