+
+
Shares

एसडी मुनीको विश्लेषणः ओलीलाई माओवादीले समस्यामा पार्न सक्छ

नेपाल र भारत दुबैले नयाँ शिराबाट सम्बन्ध सुरु गर्नुपर्ने सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते ११:२८

२३ चैत, नयाँदिल्ली । नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनीले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै अब दुई देशको सम्बन्ध नयाँ सिराबाट अघि बढ्ने बताएका छन् ।

नयाँ शिराबाट सम्बन्ध अघि बढाउनुपर्ने बाध्यतामा ओली सरकार र मोदी सरकार दुबै रहेको उनको विश्लेषण छ ।

‘भारतले नेपालको संवैधानिक प्रक्रियामा हस्तक्षेपकारी भूमिका खेलेको थियो, आर्थिक शक्ति पनि प्रयोग गरेको थियो, एसडी मुनिले भारतीय पत्रिकामा लेखेका छन्, ‘यसको प्रतिक्रियामा ओलीको नेतृत्वमा नेपालमा भारतविरोधी भावना विकसित भयो र चिनियाँ कार्डको आक्रामक प्रयोग गर्दै भारतमाथिको निर्भरता घटाउने कदमहरू चालिए ।’

‘भारत गल्यो’

प्रोफेसर मुनीको विश्लेषण छ- ‘भारतका लागि नेपालसँगको नया शिराको सम्बन्ध यस कारण महत्वपूर्ण छ कि भारत आˆनो छिमेकमा अलि एक्लिएको महसुस गर्दैछ । अहिले दुवै देशलाई के लागेको छ भने त्यतिखेर दुबै निकै भावनामा बगे । सम्बन्ध बिगि्रएका कारण दुवै देशका राष्ट्रिय स्वार्थहरू जोखिममा पर्न गए ।’

र, यही मौकामा धनी चीनले आक्रामकरुपमा ओबोर जस्ता परियोजनाहरू मार्फत दक्षिण एसिया र हिन्द महासागरमा आˆनो प्रभाव विस्तार गरिरहेको मुनीको विश्लेषण छ ।

नेपालमा हालै भएको चुनावमा भारतले ओलीको नेतृत्वमा रहेको नव राष्ट्रवादीहरूलाई रोक्ने कोशिस गरेको तर नसकेको मुनीले आफ्नो लेखमा खुलासा गरेका छन् ।
साथै केपी ओलीले चिनियाँ समर्थनमा माओवादीहरूसित मिलेर चुनाव लडेको अनि । दिक्दार भएर भारतले ओली सरकारप्रतिको रवैया परिवर्तन गरेको मुनीको विश्लेषण छ ।

उनले अगाडि लेखेका छन्- ‘मोदीले स्वराजलाई नेपाल पठाए र मधेसीहरूलाई पनि ओलीलाई समर्थन गर्न मनाए ।’

भारतले १९५० को सन्धिमा नेपालले दीर्घकालदेखि उठाउँदै आएको माग पूरा गर्ने चर्चा पनि हुन थालेको भन्दै एसडी मुनी लेख्छन्- ‘यसो गर्दा भारतले आˆना आधारभूत सुरक्षाका विषयहरूमा भने सम्झौता गर्ने छैन । इपीजीमा भएका छलफलहरूले पनि यसैतर्फ इंगित गर्छन् ।’

त्यसैगरी भारतले नेपालका लागि आर्थिक सहयोग पनि बढाएको मुनीको दाबी छ । उनी अगाडि लेख्छन्- ०१८/०१९ मा भारतले नेपाललाई ६.५ अर्ब दिने भएको छ र पुराना आयोजनाहरूको गति बढाउने वचन पनि दिएको छ । ओली र उनको टोलीलाई भारतले भव्य स्वागत गर्ने नै छ ।’

केपी ओलीको ‘बाध्यता’

भारतीय विश्लेषक मुनीले केपी ओलीका लागि पनि भारतसँगको सम्बन्ध विकास आवश्यक रहेको दाबी गरेका छन् ।

उनी यसबारे अगाडि भन्छन्- ‘ओली सरकारको भारतसँगको सम्बन्ध दुई कारणले महत्वपूर्ण छ- एक, उनको सरकारसित चाहेजति पैसा छैन र उनलाई थाहा छ चीनले दीर्घकालीनरूपमा भारतले निर्वाह गर्दै आएको भूमिका निभाउन सक्दैन । र, दोश्रो- माओवादीसँगको गठबन्धन बलियो छैन । प्रचण्ड र उनका साथीहरूको अरुले भनेको मान्ने बानी छैन ।’

एसडी मुनीको दाबीअनुसार भारत आउनुअघि नै ओली माओवादीसँग पार्टी एकता होस् भन्ने चाहन्थे । तर, उनले सकेनन् । माओवादीहरूले ५०/५० को माग गरे, तर ओली ७०/३० मा अडिग रहे ।

माओवादीहरू सरकारको हिस्सेदारी चुनावको नतिजाका आधारमा गर्न तयार छन् तर नयाँ पार्टीमा बराबरको हिस्सेदारी चाहन्छन् भन्दै मुनीले अगाडि लेखेका छन्- ‘ओलीलाई थाहा छ, एमालेसँग बहुमत छैन र कालान्तरमा गएर माओवादीले समस्या खडा गर्न सक्छन् र भारतले माओवादीको प्रयोग उनका विरुद्ध गर्न हिच्किचाउने छैन । त्यसैले ओली चाहन्छन् कि भारतले उनको सरकारलाई राजनैतिक र अर्थिक सहयोग गरोस् ।’

त्यसैगरी चीनले नेपालमा ओबोरमार्फत पूर्वाधार परियोजनाहरू विकास गर्ला तर त्यसले उसमाथिको निर्भरता बढ्नेछ र नेपाली जनताको विकासको चाहने पूरा गर्न पनि नसकिने एसडीमुनीको तर्क छ ।

एसडी मुनीको दाबी अनुसार ओलीले चुनावअघिदेखि नै भारतीय नेताहरूलाई नेपालमा आˆनो हैसियत स्वीकार गर्न आग्रह गर्दै आएका छन् । र, यसो गर्ने क्रममा उनले आफ्नो राष्ट्रवादी भाषण पनि कम गरेका छन् र नेपालका प्रधानमन्त्रीले पहिले भारतको भ्रमण गर्ने परम्परालाई जोगाइराखेका छन् ।

‘चीन तराईसम्म नआओस्’

यदि ओली र मोदी नयाँ शिराबाट सम्बन्ध शुरु गर्न सफल भए भने दुई देशका सम्बन्धले गति पाउने एसडी मुनीको भनाइ छ । तर, यो प्रक्रियाले तब मात्र गति लिने उनी बताउँछन्, जब भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा रणनैतिक परिवर्तन हुनेछ ।

भारतले नयाँ र आत्मविशासले भरिएको नेपालका आकांक्षाहरूलाई सम्बोधन गर्नुपर्ने भन्दै उनी लेख्छन्- ‘पहिलेजस्तो काठमाडौका नेताहरूसँग चेसको खेल खेल्न छोड्नुपर्छ ।’

त्यसैगरी ओलीले भारतको चासो कसरी सम्बोधन गर्नेछन् भन्ने कुरा पनि महत्वपूर्ण हुने उनले बताएका छन् ।

प्रोफेसर मुनीले ट्रिबुनइण्डियामा लेखेका छन्- ‘चिनियाँ पैसा प्रयोग गरेर पूर्वाधार विकास गर्दै गर्दा नेपालले के कुरामा ध्यान दिनुपर्छ भने उसले भारतको रणनैतिक क्षेत्रमा प्रवेश गर्नु हुँदैन । पूर्वाधार परियोजनाको नाममा चीनले नेपालको तराईमा प्रवेश पाएको हेर्न भारत चाहँदैन । ओलीले खुलेर नस्वीकार्लान्, तर विकास र सुरक्षाको मामिलामा नेपालको स्वार्थ भारतको स्वार्थसँग बाझिँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?