+
+
Shares

मेयरमाथि आक्रमणको आरोप लागेका विप्लवका कार्यकर्ता रिहा

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ चैत २३ गते १२:४८

चैत २३, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोप पक्राउ परेकाहरुलाई जिल्ला अदालत कैलालीले धरौटी र तारेखमा रिहा गरेको छ ।

आरोपित मध्ये ४ जनालाई जनही ४५ हजार घरौटी र एकजनालाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।

घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० बषर्ीय कमल क्षेत्री, वडा नं ९ का ३६ बर्षीय भरतबहादुर शाह, टीकापुर नगरपालिका १ का ३० बर्षीय हृदयराज बोगटीे र लम्की चुहा नगरपालिका ६ का ३० बर्षीय नरेन्द्र बिक जनही ४५ हजार धरौटीमा रिहा भएका हुन् ।

घोडाघोडी नगरपालिका ८ का ३० बर्षीय पूर्णप्रसाद खनाल भने सामान्य तारेखमा रिहा भएका छन् । उनीहरु सबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता रहेका कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

गत फागुन २८ गते राति सवा आठ बजेतिर आफ्नै घरमा बसिरहेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली र धारिलो हतियार प्रहार गरी घाइते बनाएको अरोपमा उनीहरु पक्राउ परेका थिए ।

मेयर चौधरीले आफूलाई आक्रमण गर्नेलाई नचिन्ने भन्दै प्रहरीले आफ्नो परिवारका मान्छेलाई जबर्जस्ती उजुरी दिन लगाएको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?