+
+
Shares

अर्चना पनेरुको बिहे फन्डा मात्र, अहिले यसो भन्छिन्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते २०:११

जसरी होस अर्चना पनेरुलाई चर्चा चाहिएको छ । चर्चामा आउनका लागि उनी जति तल गिर्न पनि तयार छिन् ।

केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरिन् । उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफूले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । त्यो फोटोमा उनकी आमा सुनिता पनेरुले ‘पर्फेक्ट कपल’ भन्दै आशिर्वाद दिएकी थिइन् । तर यो सबै आमाछोरीको फन्डा मात्र रहेछ ।

अर्चना आज करिब २० मिनेट फेसबुक लाइभमा आइन् । उनलाई धेरैले विवाहको विषयमा प्रश्न सोधेका थिए । ती प्रश्नहरुको जवाफमा भनिन्, ‘बिहे गरेको भनेर ढाँटेकी हुँ । म अहिलेसम्म सिंगल नै छु ।’

उनले फेसबुकमा हालेको फोटो भ्यालेन्टाइन डेका अवसरमा गरेको फोटोसुटको भएको बताएकी छिन् । आफ्ना ‘फ्यान’ हरुको मन जाँच्नका लागि बिहेको नाटक गरेको अर्चनाको भनाइ छ ।

त्यसो त अर्चनाले श्रीमान दावी गरेका अमेरिकी नागरिक उल्फ प्राइसको फेसबुक भने पहिलेदेखि सुनसान थियो । उनको फेसबुकमा अर्चनाको एउटा पनि फोटो हालेका थिएनन् । हालै आएर उनले मुख खोलेका छन् ।

उनले फेसबुकमा अर्चनाको फोटो सेयर गर्दै लेखेका छन्, ‘मलाई दिनदिनै विवाहका बारेमा प्रश्नहरु आइरहेका छन् । हो म अर्चना पनेरुसित एउटा अनौठो अपि्रल फुल प्राङ्कमा संलग्न भएँ । यसलाई धेरै गम्भीरतापूर्वक नलिइदिनु होला ।’

पोर्न फिल्म डेढ वर्षमा !

अर्चनालाई अझै पोर्न फिल्मको धङधङीले छोडेको रहेनछ ।

फेसबुक लाइभमा धेरैले उनको पोर्न फिल्म कहिले आउँछ भनेर सोधेका थिए । एकजनाले लेखेका थिए, ‘तिम्रो पोर्न फिल्म पर्खिदा पर्खिदा बुढो हुन लागेँ । हेर्न नपाई मर्छु कि क्या हो ?’

अर्चनाले यसका लागि अलिकति समय लाग्ने बताइन् । उनको जवाफ थियो, ‘मेरो एडल्ट फिल्म स्योर आउँछ । अब डेढ-दूई वर्ष पर्खिनुस न । म तयारी गर्दैछु ।’

तिमी चुरोट खान्छौ कि खान्नौं भनेर एक जनाले सोधेको प्रश्नमा अर्चनाले चुरोटको बट्टा नै देखाएर आफू चेन स्मोकर भएको बताइन् ।
उफ, कसैका छोरी यसरी नबिगि्रउन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?