Comments Add Comment

विशेष परिस्थिति नआए बैशाख ९ मै पार्टी एकता : पौडेल

'जनयुद्ध र चुनाव चिहृनबारे कुरा मिल्न बाँकी'

फाइल फोटो

२४ चैत, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीले प्रयोग गर्दै आएको जनयुद्ध पदावली र चुनाव चिहृनबारे  एमाले र माओवादी केन्द्रबीच कुरा मिल्न बाँकी रहेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अन्य विषयहरु मिलिसकेकाले पारस्परिक सम्मान र समानताका आधारमा पार्टी एकता भएरै छाड्ने दावी गरे ।

पार्टी एकता प्रक्रियामा जनयुद्ध पदावली र चुनाव चिहृनबारे कार्यदलले टुंगो लगाउन नसकेको स्पष्ट पार्दै नेता पौडेलले जनयुद्ध पदावली र चुनाव चिन्हको विवाद सामान्य भएको र आपसी छलफलपछि सहमतिमा पुगिने बताए ।

जनयुद्ध पदावलीबारे स्पष्ट केही नबोलेका नेता पौडेलले चुनाव चिहृनका  हकमा जनतामा बढी स्थापित भएको चिहृनमा नै सहमति हुने बताए । माओवादी नेतृत्वले पछिल्लो समय ५०-५० अनुपातमा एकता हुनुपर्ने भनी गरेको दावीप्रति संकेत गर्दै पौडेलले संख्याको विषय इतिहास, योगदान र योग्यताका आधारमा जिम्मेवारी बाँडफाँट हुँदा मिल्ने बताए ।

‘५०-५० को कुरा नेताहरुको हिजोको इतिहास, योगदान र योग्यताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दा स्वतः मिल्छ’ पौडेलले भने ‘यसरी गर्दा माओवादीलाई ५० हैन ६० पनि हुन सक्ला ।’

नेता पौडेलले विशेष परिस्थिति आई नलागे दुई पार्टीको एकता बैशाख ९ गते नै गर्ने तयारी भएको बताए । ‘विशेष परिस्थति नै आयो भने एकता एक-दुई दिन ढिलो हुन सक्छ’ उनले भने ‘तर ढिलो चाँडो एकता हुन्छ ।’ एकता घोषणा कार्यक्रम नेपालको इतिहासमै सबैभन्दा धेरै जन सहभागिता जुटाएर गरिने पौडेलले बताए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल हुने उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment