Comments Add Comment

‘सलमानले मेरो आँखाको प्रशंसा गरे: जेनिशा

जेनिशासँग भिडियो कुराकानी

नायिका जेनिशा केसीको करिअर नेपाली चलचित्रमा खासै सुखद बनेन । २ दर्जन चलचित्रमा अभिनय गरेपनि जेनिशाले सफलता भने चाख्न पाइनन् ।

उनले, अभिनय गरेका केहि चलचित्र हिट हुँदा उनको यात्रा भने सोचेजस्तो भएन । अहिले जेनिशा नेपाली चलचित्रबाट हराएजस्तै छिन् । जेनिशा नेपाली चलचित्रबाट हराएर भारतमा छिन् । भारतमा रहेर अभिनय, नृत्य सिक्दै गर्दा जेनिशाको बोली र शैली फेरिएको छ ।

जेनिशासँग गरिएको ‘ओके सेलिब्रिटी शो’को भिडियो यहाँ हेर्नसक्नुहुनेछः


अनलाइनखबरको नयाँ टक शो ‘ओके सेलिब्रिटी शो’मा कुराकानी गर्दै गर्दा जेनिशाले भारतमा रहेर बलिउडको बाटो खोजिरहेको बताइन् । जेनिशाले भनिन्-‘मलाई पहिलेदेखि नै बलिउडमा जाने रहर थियो । मेरो बुबा र बलिउड नायक मिथनु चक्रवर्ती नजिकको साथी हुनुहुन्छ । यसैले, उहाँकै सहयोगमा अहिले म त्यहाँ बाटो खोजिरहेको छु ।’

जेनिशाले बलिउड नायक सलमान खानलाई केहि समय अगाडि भेटेको फोटो फेसबुकमा अपलोड गरिन् । जसले, नेपाली मिडियामा चर्चा पनि पायो । जेनिशाले सलमान खानसँगको भेटको बारेमा भनिन्-‘मिथुन दादाको सहयोगमा मैले सलमानलाई भेटेको हुँ । सलमानले मलाई तिम्रो आँखा राम्रो रहेछ भन्नुभयो । सलमान र मविच चलचित्रको बिषयमा कुनै कुरा भएको थिएनँ ।’

जेनिशाले बलिउडका चर्चित निर्देशक अब्बास मुस्तानको चलचित्रका लागि अडिसन पनि दिइन् । जेनिशाले भनिन्-‘उहाँले मेरो अभिनय, हाइट सबै मन पराउनुभयो । तर, मेरो हिन्दी निकै खराब भयो भन्नुभयो । यसैले, हिन्दी राम्रो नभएकाले म सो चलचित्रमा छनोट हुन पाइनँ ।’

जेनिशा बलिउडमा आफूले ‘बी र सी ग्रेड’का चलचित्र नगर्ने बताउँछिन् । ‘मलाई ‘बी र सी ग्रेड’का चलचित्रबाट थुप्रै अफर आयो तर मैले गरिनँ । म, ‘ए ग्रेड’का चलचित्रमै काम गर्नका लागि प्रयास गरिरहेको छु । यसैले, ‘ए ग्रेड’का चलचित्रका बलिउडकर्मीबाहेक अरुसँग मेरो संगत छैन ।’
बलिउडमा केही गर्नुछ भनेर लागिपरेकी जेनिशाको नेपाली चलचित्रमा काम गर्दै गर्दा नायक विराज भट्टसँग नाम जोडियो । विराजका चलचित्रमा नायिकाको रुपमा काम गरेपछि उनको नाम विराजसँग जोडिएको थियो । तर, जेनिशा विराजसँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँछिन् । जेनिशाले भनिन्-‘मलाई विराज दाइले निकै सहयोग गर्नुभयो । तर, उहाँसँगको प्रेमको चर्चा हल्ला मात्र थियो । म उहाँको परिवारसँग पनि नजिक छु ।’

जेनिशाले अभिनय, नृत्य सिकेर नेपाल फर्केरै चलचित्र निर्माण गर्ने योजना बनाएकी छिन् । उनले भनिन्-‘म नेपाल आएर एउटा उत्कृष्ट प्रोडक्शन कम्पनी खोल्न चाहन्छु । नेपालमा पनि यस्तो चलचित्र बन्छ है भनेर देखाउन चाहन्छु ।’

नेपाली चलचित्रमा खासै चर्चा नपाएकी जेनिशाको बलिउड यात्रा कस्तो रहला ? नेपालबाट धेरै कलाकारले बलिउडमा पाइला राख्न चाहेपनि सकेका छैनन् । कतिपयले अडिसन दिएपनि छनोट हुन सकेनन् । के जेनिशा यसमा सफल होलिन्, प्रतिक्षा गर्नैपर्छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment