२७ चैत, विराटनगर । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवा भएकाको विषयलाई लिएर मन्त्रीसँग चित्त दुखाउन अवश्यक नभएको बताएका छन् ।
प्रधानमन्त्री प्रणाली अन्तर्गत सचिवहरुको सरुवा मन्त्रिपरिषदको निर्णय अनुसार विधिसम्मत नै गरिएकाले यसमा मन्त्रीसँग चित्त दुखाउनपर्ने कारण नभएको मन्त्री पण्डितले स्पष्ट पारे ।
विराटनगर विमानस्थल मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच नराख्न मन्त्रीहरुलाई समेत आग्रह गरेका छन् ।
उनले सरुवा भएका सचिवहरु मन्त्रालयमा गएर काम गरिसकेको भन्दै अब उनीहरुको मन्त्रालय हेरफेर नहुने प्रष्ट पारे ।
प्रधानमन्त्री प्रणाली अन्तर्गत विधिसम्वत रुपमा सचिवको सरुवा भएकाले यस विषयमा बिवाद गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ ।
स्थानीय निकायमा कर्मचारीको दरवन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको मन्त्री पण्डितले जानकारी दिए ।
उनले तीन तहको संचरचनमा कर्मचारीको आवश्यक परेकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको बताए ।
स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको उनको भनाइ थियो ।
नयाँ संरचनाको दरवन्दी अनुसार कर्मचारी तोकिएकोको ठाउँमा जार्नू पर्ने भन्दै मन्त्री पण्डितले यदी कुनै कर्मचारीले तोकिएको कार्यालयमा हाजिर नभएको खण्डमा यस्ता कर्मचारीलाई निजामती ऐन अनुसार कार्वाही हुने दावी गरे ।
प्रतिक्रिया 4