Comments Add Comment

मलिनाको गुनासो-‘सारुक साथी मात्र, प्रेमको चर्चाले सिंगल नै रहेँ’


नायिका मलिना जोशीको चलचित्र करिअर त विजोग पाराले अगाडि बढिरहेको छ । चलचित्र क्षेत्रमा न त उनले कुनै उचाई नै प्राप्त गरेकी छिन् त चर्चा नै । तर, पनि उनी बेलाबेलामा प्रेमको कारणले भने मिडियामा छाउँछिन् ।

नायक अनुप विक्रम शाहीसँगको केहि बर्ष लामो प्रेम सम्बन्धले उनलाई चर्चामा ल्याइदियो । तर, अहिले अनुप र मलिना अलग छन् । तर, पनि मलिना अनुपको सफलता चाहन्छिन् । आज आयोजना भएको एक कार्यक्रममा मलिनाले अनुपको बारेमा भनिन्-‘करिअरको सुरुवातमा अनुप र मसँगै थियौ । तर, अहिले हामी साथी मात्र छौ । म उनी स्टार भएको हेर्न चाहन्छु ।’

केहि समय यता मलिना र चलचित्र ‘रानी’का डेब्यू नायक सारुक तााम्राकारविच प्रेम रहेको चर्चा चलिरहेको छ । सारुक र मलिनाले घुम्न गएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेपछि उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो ।

यो बिषयमा पनि मलिनाले जवाफ दिएकी छिन् । उनले गुनासो गर्दै भनिन्-‘सारुक र म राम्रो साथी मात्र हौ । तर, प्रेममा रहेको चर्चाले म सधै नै सिंगल नै रहनुपर्‍यो ।’

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment