Comments Add Comment

सत्य निरुपण र वेपत्ता छानबिन आयोग पुनर्गठन गर्न माग


२७ चैत, काठमाडौं । जवाफदेहिता निगरानी समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग पुनर्गठन गर्न सरकारलाई आग्रह गरेको छ ।

संक्रमणकालीन न्यायको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको यस समितिले आयोगको कार्यशैली र कामको परिणामलाई हेर्दा पुनर्गठन नगरी समस्या समाधान नहुने भन्दै पुनर्गठनको माग गरेको हो ।

संयोजक चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आयोगहरुले आफ्नो सक्षमता प्रदर्शन गर्न तीन वर्षको अवसर प्राप्त गरेकै हुन् । यी आयोगहरुको कार्यशैली र कामको परिणमलाई नजिकबाट नियाल्दा आयोगहरुको पुनर्गठनविना ऐन संशोधन मात्रले समस्याको समाधान नहुने र कार्यादेश पूरा गर्न नसक्ने हाम्रो ठहर रहेको छ ।’

सरकारले २०७१ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न छुट्टाछुट्टै आयोग गठन गरेको थियो । सुरुमा २ वर्षको अवधि तोकिए पनि पछि ऐन संशोधन गरेर १ वर्ष म्याद थपिएको थियो । तर उक्त समयमा पनि काम नसकेपछि आयोगको अवधि एक वर्ष थप गरिएको छ ।

समितिले वेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पीडित र नागरिक समाजको पनि सहभागिता सुनिश्चित गर्न माग गरेको छ । समितिले गम्भीर मानव अधिकार उलंघनका घटनामा माफी र मेलमिलाप नहुने, अपराधको गम्भीरता अनुरुप पीडकलाई सजायलगायतका पीडितका न्युनतम मागलाई सुनिश्चित गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment