Comments Add Comment

दुवै प्रहरीको आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद बैठक बोलाइयो

२७ चैत, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक साँझ साँढे सात बजे बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दुवै संगठनको आइजिपी नियुक्ति गर्ने स्रोतले जनाएको छ । बुधवारदेखि नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अवकाश हुँदैछन् ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकमा आइजिपी नियुक्तिको बारेमा छलफल नै भएको थिएन । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आइजिपी नियुक्तिको सन्दर्भमा परामर्श गरेका थिए ।

नेपाल प्रहरीको आइजिपीका लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा छन् । डीआईजी बढुवाको वरियतामा खनाल एक नम्बरमा छन् भने खरेल दोस्रो नम्बरमा छन् ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षकका लागि शैलेन्द्र खनाल र पुष्पराम केसी दौडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment