+
+
Shares

भक्तपुरमा विस्केटजात्राको पहिलो दिन, यसरी तानियो रथ, १५ तस्वीर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७४ चैत २८ गते ०:००

२७ चैत, भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा मंगलबार सुरु भएको छ ।

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरवात गरिन्छ ।

काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।

बिस्केट जात्राको पहिलो दिन तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ ।

जात्राको मुख्य आकर्षण रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याई त्यहाँबाट फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा पूरा हुन्छ ।

हेर्नस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?