+
+
Shares

भूकम्पले फेरियो बारपाकः घर छाउने ढुङ्गा भित्तामा सजिन थाले

विकास मरहट्टा  विकास मरहट्टा 
२०७४ चैत २८ गते १३:१९

२८ चैत, गोरखा । भूकम्प पश्चात वारपाकको संरचना फेरिएको छ । आरसीसी भवनबाट ढुङ्गामाटाका घरहरु बिस्थापित हुने क्रम तीव्र छ ।

एकनाशे ढुङ्गाले छाएका घरहरु अब इतिहासमा मात्र सिमित बन्दै छन् । छाना छाउने ढुङ्गा घरको भित्तामा सजिन थालेको छ ।

भूकम्पले क्षती पुगेसँगै पुराना संरचनाहरु दुर्लभ बनेका छन् । ‘पहिले बारपाक भनेपछि एकनाशे ढुङ्गाले छाएका घरहरु भनेर झल्को आइहाल्थ्यो,’ स्थानीय जित बहादुर घलेले भने, ‘तर अहिले भूकम्पले सबै घर भत्कायो, धमाधम आरसीसि बिल्डिङ ठडिन थालेका छन् ।’

घरको छानामा छाइएको ढुङ्गाहरु भित्ता सजाउनका लागी प्रयोग भएका छन् । ‘सबै आरसीसि घरहरु बन्न थाले, ढुङ्गाले छाना राखेर पुरानै मोडलमा घर बनाउने कोही छैनन,’ उनले भने ।

छाना छाउने ढुङ्गालाई बुट्टाका लागि घरको भित्तामा प्रयोग गरिएको घलेको भनाइ छ । पुराना शैलीको घर बनाउने कोही नहुँदा वारपाकको पहिचान नै गुम्ने हो की भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

भूकम्पले संचरना फेरिएसँगै होमस्टे मा पाउने गाउँलेपन अब शहरीयापनमा बदलिदै छ । शहर बजारका होटल र होमस्टेको भिन्नता कायम हुन सकेको छैन । स्थानीय खानाका परिकारलाइ शहरी शैलीका खानपानले विस्थापित गर्दैछन् ।

घले र गुरुङको बाहुल्यता रहेको वारपाकको संस्कृति पनि लोप हुदै गएको छ । भूकम्पको केन्ऽविन्दु वारपाकमा करिव १४ सय घरधुरी भूकम्पका कारण क्षति पुगेको थियो । भूकम्प पछिको पुननिर्माण सँगै संरचना फेरिन थालेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?