Comments Add Comment

पिज्जाको प्याकेट बोकेर केकी र ऋचा घर-घरमा !


फुडमान्डुबाट पिज्जा अर्डर गर्ने गर्नुभएको छ ? यदि छ भने सरप्राइज हुन तयार रहनुस, अर्डर गरेको पिज्जा बोकेर दुई हिरोइनहरु तपाईंको घरको ढोकैमा आउन सक्छन् ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि निर्मात्रीसमेत रहेकी केकी अधिकारीले नयाँ प्रचार शैली अपनाएकी छिन् । उनले अर्की नायिका ऋचा शर्माको साथमा एक दिन यो काम गर्दा नयाँ अनुभव बटुलिन् ।

यी दुई सुन्दरी पिज्जाको प्याकेट बोकेर घर-घरमा पुग्दा फुडमान्डुका ग्राहक सरप्राइज नै भए । सधै टेलिभिजन र चलचित्रमा देखिरहेका नायिकाद्वयलाई आँखा अगाडि देख्दा अचम्भित नहुने कुरै भएन ।

केकीले अनुभव सुनाउँदै भनिन्- ‘पुरुषहरुले अवाक् हुनुभयो । महिलाहरु भने हामीलाई देख्ने वित्तिकै चिच्याउनुभयो ।’यति मात्र होइन, उनीहरुले ग्राहकले अर्डर गरेको खाजाको पैसा पनि लिएनन् । केकीले भनिन्-‘यो फुडमान्डु र कोहलपुर एक्सप्रेसको टिमको तर्फबाट उहाँहरुलाई सरप्राइज पनि हो । हामीले, खाजा र टिसर्ट उहाँहरुलाई दियौ र चलचित्रको बारेमा बतायौं ।’

विशाल भण्डारीले निर्देशन गरेको यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ । धेरै ठाउँमा नायिका प्रियंका कार्कीको पनि डिमाण्ड आएकाले अब पि्रयंकाको समय मिलाएर उनलाई पनि यो प्रचारमा सहभागी गराउने केकीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment