Comments Add Comment

सशस्त्रका आईजीपी श्रेष्ठसहित दुई एआईजीको विदाइ

संगठनको उद्देश्य र कार्यदेशलाई पूरा गर्न लागि पर्छुः नवनियुक्त आईजीपी

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठसहित दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को विदाइ गरिएको छ ।

एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार दिउँसो विदाइ गरिएको हो ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे औपचारिक समारोहका बीच उनीहरुको विदाइ सम्पन्न भएको छ ।

नवनियुक्त आईजीपी शैलेन्द्र खनालले उनीहरुलाई फुलमाला र खादा लगाएर विदाइ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दछु ।

नवनियुक्त महानिरीक्षक खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गबाट भएको योगदानको प्रशंसा गर्दै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उनीहरुबाट प्राप्त सहयोग, सदभाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धि हासिल गर्ने बताए ।

उनले सुरक्षा चुनौती र अवसरहरुलाई दृष्टिगत गर्दै अपेक्षाकृत कार्यसम्पादनमा योजनाबद्ध तरिकाले अझै प्रभावकारी ढंगले सक्रिय रहने चर्चा गर्दै उच्चस्तरीय व्यवस्थापकीय क्षमता र सुझबुझकासाथ व्यावसायिक काम कारबाहीमा अझै सशक्त तवरले कटिवद्ध रहने उल्लेख गरे ।

संगठनको लक्षित उद्देश्य र प्राप्त कार्यदेशलाई पुरा गर्नेतर्फ दत्तचित्त भएर लागिरहने बताए । उनले प्रतिकुलतालाई अनुकुलतामा बदल्दै नीतिगत एवं व्यवहारगत रुपमा आफ्ना क्रियाकलापहरुलाई परिमार्जित एवं परिस्कृत गर्दै अगाडि बढ्ने कुरा समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment