Comments Add Comment

‘मिस नेपाल’मा देखिएका फरक दृश्य


बुधबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा ‘मिस नेपाल २०१८’को आयोजना भयो । सो कार्यक्रममा केहि रमाइला र फरक दृश्य देखिए ।
पूर्व मिस नेपालहरुको सेल्फी मोह गज्जबको देखिएको थियो ।

रुवी राना, उषा खड्गी, माल्भिका सुब्बा, मलिना जोशी सेल्फीमा रमाएका थिए । सन् २०१७ की मिस नेपाल निकिता चण्डकको आकर्षक पहिरनले पनि धेरैको ध्यान खिच्यो । मिस नेपालकी विजेतालाई क्राउन लगाउन स्टेजमा देखिएकी निकिता निकै आकर्षक देखिएकी थिइन् ।

‘मिस नेपाल’को स्टेजमा एक जना प्रतिस्पर्धी बेहोस् भइन् । उनलाई तत्काल स्टेज पछाडि लगिएको थियो । उनी उत्कृष्ट १७ सम्म पर्न सफल भइन् ।

यस्तै, केहि प्रतिस्पर्धीलाई लामो पहिरनले हैरान बनायो । कतिपय त लामो पहिरनका कारण धन्नै लडेनन् । लामो पहिरन र हिल जुत्ताले उनीहरुलाई सम्हालिएर हिड्नै नै गाह्रो बनाएको थियो ।

कार्यक्रममा गायक-गायिकाको फरक प्रस्तुतीले माहोल रमाइलो बनाएको थियो । यी बाहेक अन्य थुप्रै दृश्य ‘मिस नेपाल’ आयोजना भैरहँदा देखिए ।


तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment