+
+

अष्ट्रेलिलियन बृद्धालार्इ नेपालीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १८:४७

ब्रिसबेन / अष्ट्रेलियाको पूर्बी राज्य क्युइन्स्ल्यान्डका नेपालीहरुले आगलागीबाट पीडित एक अष्ट्रेलियन महिलालाई सहयोग गरेका छन् ।

यहाँको सेवेन न्यूजले प्रमुखताका साथ यो समाचार प्रसारण गरेको थियो । गत क्रिसमस आसपास तुवुम्बा कि ७२ वर्षिया महिलाको निवासमा आगलागी भएको थियो ।

बिगत १८ वर्षदेखी भाडामा रहेकि उनको घरमा आगलागी भएपछि उनको जायेजेथा सबै जल्यो । स्थानीयवासीले उनको लागि विभिन्न सहयोग सुरु गरे ।

तुवुम्बामा वस्ने नेपालीहरुको एउटा समूहले त हालै एउटा रात्रीभोज आयोजना गरी आगलागी पीडित सेरल मर्कीलार्इ झन्डै एक हजार डलर सहयोग ग¥यो ।

‘सेल्टर फर होप’ नामक उक्त नेपालीहरुको संस्थाले सो सहयोग गरेको थियो । अस्ट्रेलियाको सुर्योदयको राज्य मानिने कुइन्स्ल्यान्डको राजधानी ब्रिसबेनबाट एकसय बीस किलोमिटर टाढा रहेको तुवुम्बा सिटी यहाँको सबैभन्दा ठूलो इन्ल्यांड सिटी मनिन्छ ।

नेपाली हरुको उक्त परोपकारी संस्था ‘सेल्टर फर होप’का अध्यक्ष उज्वोल गौतम ले अनलाइनखबरलार्इ भने – हामी अग्नि पीडित अष्ट्रेलियन आमालार्इ सहयोग गर्न पाउँदा खुशी छौ ।

उनका अनुसार दुर्इ वर्षअघि नेपालमा भूकम्प जाँदा स्थानीय तुवुम्बावासी जनताले सहयोग गरेका थिए । सोही सहयोगबाट नेपालको लम्जुंग जिल्लामा एउटा सामुदायिक भवन बन्दैछ ।

तुवुम्बामा नेपाली हरुको पचास परिवार बस्छन । यहाँका नेपालीले नेपालमा असहाय बालबालिकालार्इ समेत सहयोग गरिरहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?