+
+
Shares

डीपीएल फाइनलः टिम चौराहले काठमाडौंलाई दियो १८२ रनको लक्ष्य

सुनिल र रोहन चम्किए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १४:३८

३० चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा काठमाडौं गोल्डेन्सले जितका लागि १ सय ८२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो । १२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हाले । दुबैले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरे ।

ओपनिङमा आएका सुनिल धमलाले ६३ बलमा ७८ रन बनाए । उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भएका हुन् । उनले ३ छक्का र ८ चौका हाने ।

रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्धतमा ६० रन बनाए । उनी १८ औं ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

यस्तै सोमपाल कामीले ४ बलमा एक चौकासहित ८ रन बनाए । सोनु तामाङ भाटीकै बलमा डक आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?