Comments Add Comment

सिन्दूरले यसरी रंगियो मध्यपुर थिमी

२ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीबासीले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाउँछन् ।

मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकालिन्छ । थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा जात्रा निकालिन्छ ।

बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउने गरिन्छ । जात्रा प्रत्येक चोक र घरमा पुग्दा झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने परम्परा छ । जात्रामा नेवारी बाजाको तालसँगै नाच्ने पनि गरिन्छ ।

सिन्दूर जात्रापछि जिब्रो छेड्ने पराम्परा छ ।

–तस्वीरः चन्द्र आले/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment