Comments Add Comment

प्रियंका एकसाथ ३ फिल्ममा विजी, पाएसम्म छाडि्दनन् फिल्म


केही समययता नायिका प्रियंका कार्कीको स्टारडम खस्केको छ । नेपाली चलचित्रमा उनको नं. १ पोजिसन साम्राज्ञी राज्यलक्ष्मी शाहले खोसेकी छन् । तर, व्यस्तताको कुरा गर्ने हो भने प्रियंकालाई अहिले पनि कसैले छुन सक्दैन ।

प्रियंका अहिले एकैचोटि ३ वटा चलचित्रमा काम गरिरहेकी छिन् । हालै उनले चलचित्र ‘चंगाचेट’को छायांकन सकिन् । यसको अब गीतको मात्र छायांकन हुन बाँकी छ । दिपेन्द्र के खनालद्वारा निर्देशित यो चलचित्रमा उनले आफ्ना प्रेमी आयुष्मान देशराजसँग काम गर्दैछिन् ।

चंगाचेटसँगै प्रियंकाले ‘यस्तो एउटा प्रेम कहानी’ नामक चलचित्रको पहिलो सेड्यूल भ्याइन् । उनले ‘चंगाचेट र एउटा यस्तो प्रेम कहानी’ को छायांकन एकैसाथ सेड्यूल मिलाएर गरेकी थिइन् ।

यी दुई चलचित्रको केही काम सकेर उनी चलचित्र ‘नाई नभन्नु ल ५’को छायांकनका लागि अहिले पूर्व पुगेकी छिन् । यो चलचित्रमा उनी नायिका स्वस्तिमा खड्काकी आमाको भूमिकामा छिन् ।

यसरी कोही नाइकाहरु कामविहिन भएर झोक्राइरहेको बेला प्रियंकाको यो व्यस्तता लोभलाग्दो देखिन्छ । चलचित्र क्षेत्रमा जोसँग पनि छिट्टै नजिकिने र सम्बन्ध गाढा बनाउने खुबी उनमा छ । ठूला व्यानरका निर्माता-निर्देशकहरुसँग उनले राम्रो सम्वन्ध बनाएकी छिन् । यसैले पनि उनले लगातार फिल्म पाइरहेकी छिन् ।

अर्को कुरा उनले गतिला फिल्म भेट्टाएपछि आफ्नो रोलको वास्ता गर्दिनन् । जतिसुकै कमजोर भूमिकामा पनि खेल्न तयार हुन्छिन् । अरु चल्तिका नायिकाजस्तो चुजी छैनन् । उनी व्यस्त हुनुको अर्को कारण यो पनि हो । प्रियंकाको यो शैलीले दिर्घकालमा पनि उनको करिअरलाई घाटा पुर्‍याउने देखिन्छ । उनलाई नायिकाको साटो सहायक रोलहरुको अफर बढि आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment