Comments Add Comment

अन्तरघातीलाई पार्टीबाट निकाल्नुपर्छः देउवा

फाइल तस्वीर

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका छन् ।

निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए ।

प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र माओवादीबीच भएको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको उनले बताए ।

संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले चुनाव गराएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘तर, जित्ने बेलामा प्रचण्ड उता मिलिदिए । दुई पार्टी मिलेको थाहा छैन ? कोही बोल्दैन । अहिलेसम्म सुन्दै सुनेनन् ।’

रामचन्द्र पौडेल समेत हारेको भन्दै उनले भने, अन्तरघातीहरुलाई माफी दिने कि कारबाही गर्ने ? जबसम्म अन्तरघातीलाई पार्टीबाट निकालिँदैन, यो पार्टी अगाडि बढ्दैन ।’

उनले अघि भने, ‘उहाँ भन्नुहुन्छ, मलाई हराएयो, कारबाही गर्न पनि डराउनुहुन्छ । कहाँ हुन्छ ?

कांग्रेस सभापति देउवाले एमाले र माओवादीको एकतालाई चुनौतीको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा मात्र गर्ने नभई,् कर्मशील कांग्रेस आवश्यक रहेको बताए ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताए । उनले गुटउपगुटबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment