Comments Add Comment

अस्पतालको शैय्यामा छटपटाउँदै गाइघाट बम विष्फोटका घाइते

आर्थिक अभावले उपचारमा समस्या

२ बैशाख, विराटनगर । चार दिनअघि उदयपुरको गाइघाट बजारमा बम विस्फोटमा परी घाइते भएका पारस रार्इको उपचारमा समस्या भएको छ ।

साथीहरुसंग खेल्न निस्किएका १४ वर्षीय राईलाई छर्राले लागेर गम्भीर घाइते भएका थिए ।

उनी अस्पतालको शैय्यामा छट्पटाइरहेका छन् । विराटनगरको लाइफ गार्ड अस्पतालमा आईसीयूमा उपचारत पारसको आर्थिक अभावमा उपचारमा समस्या देखिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भएका पारसको उपचारका लागि अस्पतालमा डिपोजिट गर्नु पर्ने रकम समेत नपुगेपछि समस्या भएको बताइएको छ ।

छर्रा लागेर शरीर भरी प्वाल परेकोले उनको तत्काल अप्रेशन त भएको छ तर अप्रेशनका लागि अस्पतालमा ३० हजार रुपैयाँ डिपोजिट गर्नु पर्ने भएपनि त्यो पैसा समेत उनको परिवारले तिर्न सकेको छैन ।

‘अस्पताले पैसा डिपोजिट गर्न भनेको छ, पारसका वुवा मनिकुमार राईले भने, ‘म निम्न आर्थिक अवस्थाको मान्छे,अब छोराको उपचारका लागि कसरी पैसा जोहो गर्ने हो समस्यामा परेको छु ।’

पारसका बुवा मिनकुमारका अनुसार चारदिन यतामात्र उपचारका लागि प्रयोग भएको औषधिको ४० हजार बढी बील औषधि पसलमा तिर्न बाँकी रहेको छ । औषधि पसलेले पैसा तिर्न ताकेका गरिरहेको उनले बताए ।

साँझ पख खेल्न निस्किएको छोरा बमको छर्राले लागेर ढल्यो,बमको छर्राले छोरा अंगभंग भएको छ, यस्तो अबस्थामा हामीलाई कतैबाट साहारा नहुँदो रहेछ ।’ मीनकुमारले भने ।

पारसको उपचारमा सलग्न चिकित्सकले उनलाई अझै एक साता बढी अस्पतालमा राखेर उपचार गर्नु पर्ने बताएका छन ।

समान्य खेती किसानी गर्ने राईको परिवार यतिधेरै समय अस्पतालमा राखेर उपचार कसरी गर्ने भन्ने चिन्तामा अहिले उनी रहेका छन ।

छोरालाई हेर्न १ नं। प्रदेशमा आन्तिरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की आएपनि उपचारको सहयोगका लागि आवश्वासन मात्र दिएको उनको दुखेको छ ।

ुदुई दिनअघि मन्त्री ज्यु अस्पताल आएर छोराको उपचारको लागि सहयोग गर्ने आवश्वास दिनु भएको थियो, तर अहिलेसम्म कुनै सहयोग पाएको छैन ।ु मीनकुमारले भने ।

उनले बमको छर्रा लागरे अस्पतालको शैय्यामा रहेको छोराको उपचारका लागि सहयोग गरिदिन नेपाल सरकारसंग समेत माग राखेका छन ।

चिकित्सको टोलीले पारसको अप्रेशनपछि अहिले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेका छन । आईसीयुमा रहेका पारसको प्रतिदिन ६ हजार रुपैयाँ चार्ज रहेको छ ।

उनी चारदिनदेखि आईसीयूमा रहेका छन् । चिकित्सले अझै कम्तिमा ५ दिन आईसीयू्मा राखेर उनको उपचार गर्नु पार्ने बताउँदै आएका छन् ।

पैसा अभाबमा उनको मेजर अप्रेशन वापतको १ लाख रुपैयाँ अस्पताललाई तिर्न बाँकी नै रहेको छ ।

त्यसैगरी प्रतिदिन ६ हजार रुपैयाँ आईसीयू चार्ज,औषधीको ४५ हजार तिर्न बाँकी रहेको छ । यस भन्दा पछिका दिनमा पनि उनको उपचारमा खर्च लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

उनलाई अझै कम्तिमा १० दिन अस्पतालमा राख्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्थानीय लालीराँस अंग्रेजी विद्यालयमा कक्षा ६ मा पढ्ने पारस साथीहरुसँग सा∕झ खेल्न निस्किएको समयमा हावाई फिल्डमा २८ चैतमा बम बिस्फोटमा परी घाइते भएका हुन् ।

घाइते छोरालाई तत्काल लिएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको भएपनि भेन्टिलेटर नभएको भन्दै विराटनगरस्थित नोबेल अस्पताल पठाएको थियो ।

नोबेल अस्पताले पनि उपचार नहुने भन्दै फर्काउपछि छारोको उपचारका लागि उनी निजी अस्पताल लाईफ गार्डमा पुगेका थिए ।

लाइफ गार्डमा करिब ४ घण्टा लगाएर अस्पतालका चिकित्सकहरुले उनको मल्टिपल अप्रेशन गरेको थियो ।

आईसीयूमा रहेको पारस अहिले सामान्य बोल्न सक्ने अबस्थामा रहेका छन् ।

अप्रेशनमा संलग्न डा अविशेष चौधरीले बमको छर्राबाट घाँटीदेखि मुनिको भागको विभिन्न  ठाउँमा प्वाल पारेको बताए ।

छर्रा लागेर कलेजोमा समस्या छ भने उनको करङको हड्डी भाचिएको छ । यस्तै ठूलो आन्द्रामा प्वाल परेको छ ।

उनी पूर्ण रुपमा स्वास्थ्य हुन कम्तिमा तीन महिना लाग्ने डा चौधरीको भनाइ छ ।’अवको एक सातमा भित्र उनलाई घर पठाउन सकिने अबस्था अहिले देखिएको छ’ डा. चौधरीले भने,’त्यसपछि पनि तीन महिना भित्र अरु केही अप्रेशन गर्नु पर्ने हुन्छ त्यो सबै गरी उनको उपचारमा कम्तिमा ५ लाख लाग्ने देखिन्छ ।’

लाईफ गार्ड अस्पतालका अध्यक्ष डा. कैलास श्रेष्ठले पैसा अभावमा पारसको उपचार प्रभावित नहुने बताए ।

‘आर्थिक स्थित कमजोर परिवार रहेको जानकारीमा आएको छ । मान्छे बचाउनु पहिलो कतब्र्य हाम्रो हो त्यस तर्फ अस्पतालको ध्यान गएकेा छ पैसा अभावका कारण उनको उपचार रोकिने छैन् ।’ डा. श्रेष्ठले भने ।

डा. श्रेष्ठले बमको छर्रा लागेर अस्पतालको शैय्यामा छट्पटाइरहेका पारसको पैसा अभावमा उपचार प्रभावित नहुने भएपनि यस्तो अबस्थामा पारसको उपचारका लागि सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment