Comments Add Comment

बैंग्लोरमाथि राजस्थानको जित

२ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको छ ।

२१८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाउन सक्यो ।

उसका कप्तान विराट कोहलीले अर्धशतक बनाएपनि हार टार्न सकेनन् । उनी ५७ रनमा आउट भए । मनदीप सिंहले ३७ र वासिङटन सुन्दरले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले सञ्जु सामसनको उत्कृष्ट ब्याटिङको मदतमा २० ओभरमा ४ विकेट गुमाएर २१७ रन बनाएको थियो । सामसनले ४५ बलमा अविजित ९२ रन बनाए । अजिक्या रहानेले ३६ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment