Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा जाँदै


३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।

ज्ञवालीको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन् । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment