+
+
Shares

शिव श्रेष्ठका छोरा शक्ति चलचित्र क्षेत्रमा डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३ गते १०:५८


नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्ने भएका छन् । यो चलचित्रको काठमाण्डौमा शुभसाइत गरिएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन शुभसाइत समारोहको प्रमुख अतिथी थिए ।

उनले, अहिलेसम्मकै चलचित्र भन्दा फरक र राम्रो चलचित्र बनोस् भन्दै शुभकामना दिएका थिए । महंगो बजेटमा निर्माण हुने यो चलचित्रलाई शिव श्रेष्ठले निर्माण गर्दैछन् भने दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चलचित्रलाई भदौमा रिलिज गर्ने योजना समेत निर्माणपक्षले गरेको छ ।

चलचित्रमा दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ । चलचित्रको छायांकन काठमाण्डौ, मकवानपुर, जनकपुर, विरगन्ज, संखुवासभा र देश बाहिर पनि गर्ने योजना लिइएको छ । चलचित्रमा अर्जुन पोखरेल, बसन्त सापकोटा, सन्तोष रजौरको संगीत रहनेछ ।

चलचित्रमा कविराज गहतरजा, बसन्त श्रेष्ठ, गोविन्द राई, कमल राई लगायतको कोरियोग्राफी रहेनछ । चलचित्रमा रोशन भट्टराइको एक्सन समावेश हुनेछ । यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, बर्षा राउत, संजोग कोइराला, रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भुषाल, शिवानी गिरीको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?