३ बैशाख, काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् ।
ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । ‘केही एमालेकै मान्छेले हेटौंटाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो भनेको छु ‘ उनले भने ।
अहिले आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । मन्त्री स्थापितले प्रदेश ३ का जिल्लामा एक जिल्ला एक कार्यक्रम सुरु गर्ने बताए ।
अहिले मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले भने, ‘लाेखर्के गनेर बसेकाे छु म हेटाैंडामा । अब जान्छु बीउ सार्ने हाे ।’
मन्त्री स्थापितले प्रदेश ३ का पहाडी क्षेत्रलार्इ स्वर्गीय अानन्द लिने ठाउँका रूपमा विकास गर्ने बताए । ‘स्वीट्जर ल्याण्ड मात्रै होइन स्वर्ग बनाउने हो, एकै पटक दशाैं हजार मोटरसाइकल लएर जाने खालको, ‘ ठट्टा गर्दै उनले थपे,’ मोटरसाइकलको पछाडी गल्फ्रेण्ड पनि ।’
प्रतिक्रिया 4