
ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको भारत भ्रमणले प्रष्ट भएको बताए ।
नेपाली भूमिमा रहँदा मात्र भारतीय रबैयाको बिरोध गर्नै ओलीले भारतमै पुगेर लम्पसारवादी चरित्र देखाएको उनले बताए । नेपाल नेपालीका लागि राष्ट्रवादी शक्ति कांग्रेसमात्र भएको उनले दाबी गरे ।
सोमबार हेटौंडामा आयोजित कार्यक्रममा देउवाले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।
सरकारले मनोमानी ढंगलेे काम गरेको तथा प्रधानमन्त्री ओली स्वयंम महत्वपूर्ण विभाग आफू पायक पार्दै व्यक्तिलाई बलियो बनाउने काममा लागेको उनले बताए ।
कांग्रेस सभापति देउवाले कांग्रेस अनुशासनहीन पार्टी बन्दै गएको बताए । पार्टीभित्र ‘छाडातान्त्र’ हाबी भएको उनले बताए । कांग्रेसमा खुलेआम गुटबन्दी भएको कारण चुनावमा पराजय बेहोरेको भन्दै उनले भने, ‘जबसम्म खुलेआम अन्तर्घात गर्नेलाई कारबाही हुँदैन, तबसम्म पार्टी अघि बढ्दैन ।’
उनले अन्तर्घात र गुटबन्दी गर्नेलाई कारवाही गरेरै छाड्ने बताए । पार्टीको नीति विपरित रहेकालाई कारवाही गरेर आउँदो चार बर्षमा पार्टीलाई पुरानै हैसिएतमा पुर्याउने उनको दावी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4