बिहीबार, १३ वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

देउवाले भने – ओलीले भारतमा लम्पसारवादी चरित्र देखाए

राजन दाहाल
 ३ वैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् ।
ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको भारत भ्रमणले प्रष्ट भएको बताए ।
नेपाली भूमिमा रहँदा मात्र भारतीय रबैयाको बिरोध गर्नै ओलीले भारतमै पुगेर लम्पसारवादी चरित्र देखाएको उनले बताए । नेपाल नेपालीका लागि राष्ट्रवादी शक्ति कांग्रेसमात्र भएको उनले दाबी गरे ।
सोमबार हेटौंडामा आयोजित कार्यक्रममा देउवाले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।
सरकारले मनोमानी ढंगलेे काम गरेको तथा प्रधानमन्त्री ओली स्वयंम महत्वपूर्ण विभाग आफू पायक पार्दै व्यक्तिलाई बलियो बनाउने काममा लागेको उनले बताए ।
कांग्रेस सभापति देउवाले कांग्रेस अनुशासनहीन पार्टी बन्दै गएको बताए । पार्टीभित्र  ‘छाडातान्त्र’ हाबी भएको उनले बताए । कांग्रेसमा खुलेआम गुटबन्दी भएको कारण चुनावमा पराजय बेहोरेको भन्दै उनले भने, ‘जबसम्म खुलेआम अन्तर्घात गर्नेलाई कारबाही हुँदैन, तबसम्म पार्टी अघि बढ्दैन ।’
उनले अन्तर्घात र गुटबन्दी गर्नेलाई कारवाही गरेरै छाड्ने बताए । पार्टीको नीति विपरित रहेकालाई कारवाही गरेर आउँदो चार बर्षमा पार्टीलाई पुरानै हैसिएतमा पुर्‍याउने उनको दावी थियो ।
२०७५ वैशाख ४ गते ०:०० मा प्रकाशित (२०७५ वैशाख ३ गते १९:४८मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this