सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

एकतापछि दुई अध्यक्ष, महाधिवेशनपछि प्रचण्ड कि माधव नेपाल ?

प्रचण्ड र माधव नेपालसँग घनश्याम भुसाल भिड्न पाउँछन् ?

अनलाइनखबर

४ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने ? माधव नेपाल कि प्रचण्ड ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य वचन दिएको दाबी माओवादी नेताहरुले गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि आगामी महाधिवेशनमा अध्यक्ष बन्न सघाउने र आफू अध्यक्षमा नलड्ने वचन दिइसकेको माओवादी नेताहरुको दाबी छ ।

उसोभए पार्टी एकतापछिको पहिलो महाधिवेशनपश्चात एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला त ? पार्टीको सर्वोच्च निकायका रुपमा रहने महाधिवेशनले टुंगो लगाउनुपर्ने नेतृत्वको विषय अहिले नै कोठामा बसेर टुंगो लगाउने कि महाधिवशेनकै मैदानमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर टुंग्याउने ?

महाधिवेशनपछिको नेतृत्वबारे हामीले केपी ओली निकटका एमाले नेता एवं सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई सोध्यौं- ‘एकता महाधिवेशनमा अध्यक्षका लागि मतदानमा जाँदा के हुन्छ ? अहिले नै विवाद गरिराख्नुभन्दा महाधिवेशनमा प्रचण्ड, माधव नेपाल र घनश्याम भुसाललगायतले खुल्ला चुनावी प्रतिस्पर्धामा उत्रिए हुँदैन ?’

अनलाइनखबरको प्रश्नको जवाफमा राज्यमन्त्री बास्कोटाले भने- ‘पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चुन्नु व्यवहारिकरुपमा उपयुक्त हुन्छ, त्यसपछि चाहिँ खुल्ला प्रतिस्पर्धामा जानैपर्छ ।’

पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ

बास्कोटाको जवाफले के संकेत गर्छ भने एमाले र माओवादीवीच पार्टी एकता हुनासाथ ओली र प्रचण्ड दुबैजना अध्यक्ष हुनेछन् । र, त्यसपछि हुने महाधिवेशनले सहमतिकै आधारमा एक जनालाई पार्टी अध्यक्ष बनाउनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछैन ।

उता, माओवादी नेताहरु अहिले दुईजना अध्यक्ष हुनुपर्ने र आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने सुनिश्चितता अहिले नै खोजिरहेका छन् ।

एमाले नेता माधवकुमार नेपाल भने आगामी महाधिवेशनबाट एकीकृत पार्टीको अध्यक्ष आफैं हाँक्न चाहन्छन् । उनी आगामी महाधिवेशनमा प्रचण्डलाई छिर्के हान्ने दाउमा देखिन्छन् ।

तर, वर्तमान अध्यक्ष केपी ओली भने एउटै कक्षामा दोहोर्‍याएर पढ्दिनँ भन्दै आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने, बरु ५ वर्ष प्रधानमन्त्री चलाउने सोचाइमा देखिन्छन् ।

यद्यपि माओवादी अध्यक्ष प्रचण्ड आगामी अढाइ वर्षमा सरकारको काँध फेर्ने र प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा छन् ।

यो स्थितिमा पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ ।

पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा अध्यक्ष चुन्ने दुई पार्टीवीच सहमति भएकै विषय हो । आधिकारिक लाइन नै यही हो- माओवादी नेता अग्नि सापकोटा

अध्यक्ष सहमतिमै चुन्नुपर्छः अग्नि सापकोटा

यसैवीच प्रचण्डनिकट माओवादी नेता अग्नि सापकोटालाई हामीले सोध्यौं- ‘ पार्टी एकता भयो भने आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रचण्ड, माधव नेपाल र घनश्याम भुसालवीच त्रिपक्षीय चुनावी भिडन्त हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? एमाले नेताबाट त पहिलो महाधिवेशनमा सहमतिबाटै अध्यक्ष चुन्नु उपयुक्त हुन्छ भन्ने जवाफ पाइयो नि ?’

माओवादी नेता सापकोटाले जवाफ दिए- ‘ती एमाले मित्रलाई धन्यवाद, जसले आधिकारिक लाइन बोले । पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा अध्यक्ष चुन्ने दुई पार्टीवीच सहमति भएकै विषय हो । आधिकारिक लाइन नै यही हो ।’

यो पनि पढ्नुस् 

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

माओवादीलाई मन्त्री बास्कोटाको जवाफ- मोदीसँगै भेट भइसक्यो, थाइल्याण्ड भ्रमण पुरानो भो

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !  

सहमतिको बटमलाइनः ‘जनयुद्ध’ स्वीकारौं, एकता नटारौं !

२०७५ वैशाख ४ गते १२:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Rambahadur sunar लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १३:४७

    पार्टी एकता गर्ने हो भने पदकै लागि मात्र केन्द्रीत हुनु राम्रो कुरा हैन् । पार्टी एकतापछिको पहिलो महाधिवेशनपश्चात एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला क्ष्यो अहिले सुनिश्चित गर्ने विषय हैन् । त्यो विषय पार्टीको सर्वोच्च निकायका रुपमा रहने महाधिवेशनले टुंगो लगाउनुपर्ने नेतृत्वको विषय अहिले नै कोठामा बसेर टुंगो लगाउने हो भने फेरि त्यो माहादिबेशनको औचित्य के ? नेतृत्व त महाधिवशेनकै मैदानमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर टुंग्याउनु पर्छ । महादिवेशनमा प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिहरुले अध्यक्ष बन्ने ईच्छा राख्छन भने प्रतिस्पर्दाको मैदानमा उत्रन पाउने ब्यबस्था हुनुपर्छ । कम्युनिष्ट पार्टीका हामी कार्यकर्ताले एउटा राजा फालेर अर्को राजा बनाउन आन्दोलन गरेका हैनाउ ।

    8
    2
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:११

    NEPAL IS HOSTAGE OF UML + MAOISTS AMALGAMATION PROCES FOR 3 MONTHS MAY BE IT WILL GOES FEW MORE MONTHS !!!!! NEPAL IS STAGNANT NOW. EVERYTHINGS HAVE BEEN STOPPED .. NOTHING MOVING FORWARD. All donors are watching this very seriously and The have been losing every day their passion & confidence in Leftists government.
    We have been hearing such topic for more than 6 months and still going on and going on, no one can tell when it is going to be stopped. Bhaisha- 9 (but yearis unknown – 2075, 2076, 2079)
    If any civilized, educated, well-informed citizen, politically free not slave supporters of any of parties review above news, it was published just before last Dashain 2074 and since than, it has been repeating over 1000 times afterward.
    What is this bizarre amalgamation process? There are 1000 of other important task need to be addressed by the PM and his government immediately, scrapping all of those top priorities tasks they are attempting same topic/same issue/same subject over and over 1000 times. Why don’t they lock the door, order food medicine and work 24 hrs until they reach consensus? The whole country is now “Hostage of Communist Unification Agenda and China and India visit”
    This is peak hours, dry season, work season in the construction sector, where all Ministers, PM should be altered and attentive towards the making progress from projects by providing the prompt decision, budget and policy support for their field staff.Soon there is the rainy season, which is coming after 2 bloody months and cannot be done anything things during the rainy season. All Earthquake/flood/landslides/fire Victims are in Tent, our top leaders are repainting the same topic over and over – doing NOTHING. It seems this is very addicted psychopathic manner, which is harming to both UML+MAO parties and actually we poor Nepali people have been paying the cost.

    2
    1
    Share

  • मान बहादुर महरा लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १७:२०

    मेरो नाम मान बहादुर महरा मेरो घर कंचनपुरको जिल्लाको सुक्लाफाटा नगरपालिका वार्ड न ३ मा पर्छ म पनि एमालेको कार्यकर्ता हु र मेरो बिचार अली फरक छ त्यो के भने महाधिवेशनपश्चात अध्यक्षको टुङ्गो लगाउनु भन्दा अहिले नै अधक्ष्यको नाम टुङ्गो लगाएर अगड़ी बढे अली बेस हुन्थ्यो की ???

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this